शैतान तिमीहरू मध्ये कसैको गुद्दीमा ऊ सुतेको बेलामा तीन गाँठो लगाइ दिन्छ र हरेक गाँठोमा "अहिले रात लामो छ , सुत" भनेर…

शैतान तिमीहरू मध्ये कसैको गुद्दीमा ऊ सुतेको बेलामा तीन गाँठो लगाइ दिन्छ र हरेक गाँठोमा "अहिले रात लामो छ , सुत" भनेर गाँठो पार्छ ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "शैतान तिमीहरू मध्ये कसैको गुद्दीमा ऊ सुतेको बेलामा तीन गाँठो लगाइ दिन्छ र हरेक गाँठोमा "अहिले रात लामो छ , सुत" भनेर गाँठो पार्छ । यदि उसले जागेर अल्लाहको जिक्र ( नाम लियो भने एउटा गाँठो खुल्छ । यदि उसले वजू गर्यो एउटा गाँठो खुल्छ र यदि उसले नमाज पढ्यो भने एउटा गाँठो खुल्छ । फलतः ऊ चुस्त र खुसी मनको हुन्छ नत्र ऊ खराब मन सुस्त हुन्छ । "

[सही] [मुत्तफकुन अलैहि]

الشرح

जब इमान वाला सुत्न लाग्छ तब शैतानले उसको गुद्दी( टाउकाको पछिल्लो भागमा तीन गाँठो लगाइ दिन्छ । ज इमान वाला जाग्छ र अल्लाहको नाम लिन्छ भने शैतानको मनमा कुरा खेलाउनुलाई मान्दैन, एउटा गाँठो खुल्छ । यसरी नै यदि वुजू गर्यो भने अर्को गाँठो खुल्छ । . र यदि खडा भएर नमाज पढ्छ भने तेस्रो गाँठो खुल्छ र ऊ फ़ुर्तिलो र मन रमाएको हुन्छ । अल्लाहले आफ्नो आदेश पालनको जुन अवसर प्रदान गर्नु भयो, त्यसका कारण। अल्लाह तआलाले जुन प्रतिफल र क्षमा प्रदानको वाचा गर्नु भएको छ, त्यसका कारण ।

فوائد الحديث

शैतान निरन्तर हरेक बाटोमा मान्छेका लागि उसको र अल्लाहको अनुसरणको बीचमा आउने कोसिसमा हुन्छ । मान्छेले शैतानसित बच्न अल्लाहसित शरण न मागि र बच्ने र जोगिने माध्यम न अपनाइ हुँदैन ।

अल्लाहको जिक्र र उहाँको उपासनाले मनमा स्फुर्ती ल्याउँछ र सुस्ती र आलस्य भगाउँछ र पीडा र क्रोध हटाउँछ । किन कि यसले शैतानलाई भगाउँछ र यो कुरा शैतानको मनमा कुरा खेलाउनुले हुन्छ ।

इमान वालालाई अल्लाह तआलाले उसलाई उहाँको आज्ञापालनमा अवसर प्रदान गर्नु भएकोमा खुसी हुन्छ र उत्तम गुण र निपूणताको स्तरमा कमी आयो भने ऊ निराश हुन्छ ।

आज्ञाकारिताबाट लापरवाही र टाढिनु शैतानको काम र उसले राम्रो बनाएर देखाउने चाल हो।

यी तीन चीजहरू - अल्लाहको जिक्र, वजू र नमाजले शैतानलाई भगाउँछन् ।

शैतानले विशेषगरी टाउकोको पछाडि भागमा गाँठो लगाउँछ, किनभने यो शक्ति र क्रियाकलापको केन्द्र हो। यदि उसले यसमा गाँठो कस्न सफल भयो भने, मानिसको आत्मामा नियन्त्रण गर्न र निद्रा हावी गराउन सजिलो हुन्छ।

इब्ने हज्र अल-अस्कलानी (रहिमहुल्लाह) भन्नु हुन्छ: शैतानले आफ्नो भनाइमा "अहिले रातै छ," भनेर भन्नुबाट स्पष्ट हुन्छ कि यो कुरा रातको निद्राका साथ खास छ ।

इब्न हजर अल-असकलानीले भने: "विशेष रूपमा कुनै निश्चित जिक्र अनिवार्य छैन जसलाई बाहेक अरू स्वीकार्य नहोस। बरु जुनसुकै कुरा अल्लाहको सम्झना ठहरिन्छ, त्यो पर्याप्त छ। यसमा क़ुरआनको तिलावत, पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) का हदीसहरूको पाठ, र इस्लामिक ज्ञानमा संलग्न हुनु समेत समावेश हुन्छ।

तर सबैभन्दा योग्य जिक्र भने पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को यो वचन हो:

'जो कोही रातमा जागन्छ र भन्छ:

ला इला​हा इल्ला​ल्लाहु व​ह्दहु ला श​रीक लह, लहुल मुल्कु व​लहुल ह​म्दु व​हुवा अला कुल्लि श​यइन क़​दीर, अल्​हम्दु लिल्लाह, व​सुभान​ल्लाह, वला इला​हा इल्ला​ल्लाह, व​ल्लाहु अकबर, वला हौला वला क़ुव्वता इल्ला बिल्लाह।

(अनुवाद: अल्लाह तआला बाहेक कोही उपास्य छैन । उहाँ एक्लो हुनु हुन्छ । उहाँको कोही साझी छैन । उहाँको नै राज हो र उहाँका लागि नै प्रशंसा छ र उहाँ हरेक कुरामा सामर्थ्य राख्नु हुन्छ । समस्त प्रशंसा अल्लाहका लागि उहाँ पवित्र हुनु हुन्छ र उहाँ बाहेक कोही उपासनाको लायक छैन र उहाँ सबै भन्दा महान हुनुहुन्छ र सत्कर्मको शक्ति र पापहरूबाट बच्न सक्ने क्षमता उहाँद्वारा नै प्रदान हुन्छ । )

अनि उसले भन्यो: अल्लाहुम्मग़फ़िर ली

(हे अल्लाह, मलाई माफ गरि दिनु होस् ) वा यदि उसले दुआ गर्यो भने, उसको दुआ कबूल (स्वीकार्य) हुन्छ । , र यदि उसले वजू गर्छ ( र नमाज पढ्छ भने ), उसको नमाज स्वीकार गरिन्छ ।)

त्यसपछि यदि ऊ भन्छ: हे अल्लाह, मलाई क्षमा गर, वा कुनै प्रार्थना (दुआ) गर्छ भने, त्यो स्वीकार गरिन्छ। र यदि ऊ वुजू गर्छ भने, उसको नमाज स्वीकार गरिन्छ।' (यो हदीस बुखारीले वर्णन गरेका छन्।)"

التصنيفات

वोजूको सद्गुण, अल्लाहको जिक्र (स्तुति) गर्ने लाभहरू