जसले हरेक फर्ज नमाजपछि 'आयतुल कुर्सी' पढ्छ, उसलाई मृत्यु बाहेक अरू कुनै चीजले स्वर्ग जानबाट रोक्न सक्दैन ।

जसले हरेक फर्ज नमाजपछि 'आयतुल कुर्सी' पढ्छ, उसलाई मृत्यु बाहेक अरू कुनै चीजले स्वर्ग जानबाट रोक्न सक्दैन ।

अबू-उमामा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जसले हरेक फर्ज नमाजपछि 'आयतुल कुर्सी' पढ्छ, उसलाई मृत्यु बाहेक अरू कुनै चीजले स्वर्ग जानबाट रोक्न सक्दैन ।"

[सही] [رواه النسائي في الكبرى]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : जसले हरेक अनिवार्य नमाजपछि 'आयतुल कुर्सी' पढ्छ, उसलाई मृत्यु बाहेक अरू कुनै कुराले स्वर्ग जानबाट रोक्न सक्दैन । 'आयतुल कुर्सी' भनेको सूरह बकरहको यो आयात हो : {अल्लाहु ला इलाह इल्ला हुवल्-हय्युल्-कय्यूम्, ला ता-खुजु हु सिनतुव्वला नौम्, लहु माफिस्समा वाति वमा फिल्-अर्ज, मन् ज़ल्लजी यश्फऊ इ़न्दहु इल्ला बिइज्-निह, याअ़्-लमु मा बैन एैदिहिम् वमा ख़ल्फहुम्, वला युहीतून बिशैइम् मिन् इल्मिही इल्ला बिमा शाअ, वसिअ़ कुर्सिय्यु हुस्समावाति वल्-अर्ज, वला यऊदुहू हिफ्जु हुमा व हुवल्-अलिय्युल्-अजीम्} [अल्-बकरह: २५५ ]

فوائد الحديث

यसमा यो आयतको महानता र श्रेष्ठता स्पष्ट गरिएको छ; किनभने यसमा अल्लाहका उत्कृष्ट नाम र सर्वोच्च गुणहरू उल्लेख गरिएका छन्।

हरेक फर्ज नमाजपछि यो महान आयत पढ्नु मुस्तहब हो ।

असल कर्महरू स्वर्ग प्रवेशको कारण हुन्।

التصنيفات

सलाहमा पढिने दुआहरू