إعدادات العرض
जब तिमीहरूमध्ये कसैलाई आफ्नो नमाजमा शंका लाग्छ र उसले तीन वा चार कति रकातहरू पढेको हो थाहा छैन भने उसले शङ्कालाई…
जब तिमीहरूमध्ये कसैलाई आफ्नो नमाजमा शंका लाग्छ र उसले तीन वा चार कति रकातहरू पढेको हो थाहा छैन भने उसले शङ्कालाई छोडेर विश्वासमा भर पर्नुपर्छ र त्यसपछि सलाम फेर्नु अघि दुईवटा सज्दा गर्नुपर्छ
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जब तिमीहरूमध्ये कसैलाई आफ्नो नमाजमा शंका लाग्छ र उसले तीन वा चार कति रकातहरू पढेको हो थाहा छैन भने उसले शङ्कालाई छोडेर विश्वासमा भर पर्नुपर्छ र त्यसपछि सलाम फेर्नु अघि दुईवटा सज्दा गर्नुपर्छ । यदि उसले पाँच रकातहरू पढेको छ भने यी दुई सज्दाले उसको नमाज ६ रकात बराबर हुनेछ र यदि उसले पूरा चार रकातहरू पढेको थियो भने, यी दुई सज्दाहरू शैतानको लागि अपमानको कारण हुनेछन् ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو हिन्दी 中文 Kurdî Português دری অসমীয়া Tiếng Việt አማርኛ Svenska ไทย Yorùbá Кыргызча Kiswahili ગુજરાતી Hausa Română മലയാളം Nederlands Oromoo සිංහල پښتو తెలుగు Soomaali Kinyarwanda Malagasy ಕನ್ನಡ Српски Mooreالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, जब कुनै मुसल्ली (नमाज पढ्ने व्यक्ति) लाई आफ्नो नमाजमा शंका उत्पन्न भयो र उसलाई थाहा छैन उसले तीन रकात पढेको छ वा चार ? यस्तो अवस्थामा शङ्कालाई छोडेर विश्वासमा भर पर्नुपर्छ । यहाँ शङ्का ४ मा छ र तीन निश्चित छ । त्यसैले उसले तीनमा विश्वास गर्दै एक रकात पुरा गर्नुपर्छ र सलाम फेर्नु अघि दुईवटा सज्दा (सहव) गर्नुपर्छ । यदि उसले वास्तवमा चार रकात पढेको थियो; र एक रकात थप्दा उसको पाँच रकात हुन गयो भने उसले सलाम अघि गरेको दुईवटा सजदा (सहव) ले जोड रकात भयो बिजोड भएन, किनभने ती दुई सज्दा एक रकातको सट्टा हो र यदि उसले तीन नै पढेको थियो भने एक रकात थप्दा उसको नमाज पूर्ण भयो र उसले केही कमीबेशी नगरी पूर्ण पढ्यो । दुईवटा सजदा (सहव) हरू शैतानलाई अपमानित गर्न, पराजित गर्न र उसको सपनालाई साकार हुनबाट टाढा राख्नको लागि थियो । किनभने उसले नमाजलाई भ्रमित गर्न र भ्रष्ट पार्न दुस्साहस गर्यो । तर जब आदमको सन्लेतानले अल्लाहको आज्ञा पालन गर्दै सज्दा गर्यो तब उसको नमाज पूर्ण भयो । यधपी शैतानले आदमको सज्दा गर्नबाट अस्वीकार गरेर अल्लाहको अनाज्ञाकारी गरेको थियो ।فوائد الحديث
कुनै मुसल्ली (नमाज पढ्ने व्यक्ति) लाई आफ्नो नमाजमा शंका भयो र उसले तीन रकात पढेको छ कि चार केही थाहा छैन भने उसले शंका त्याग्नु पर्छ र निश्चितताका साथ काम गर्नुपर्छ, जुन सबैभन्दा कम हो, त्यसैले उसले कममा विश्वास गर्दै आफ्नो नमाज पुरा गर्नुपर्छ र सलाम फेर्नु अघि दुईवटा सजदा (सहव) गर्नुपर्छ अनि त्यसपछि सलाम फेनुपर्छ ।
यी दुई सजदा (सहव) ले नमाज को कमीलाई पुरा गर्छ र शैतानको चाललाई असफल बनाउने र उसलाई अपमानित गर्ने तरिका हो ।
हदीसमा उल्लेखित शंका भनेको १०० प्रतिशत हो तर यदि उसलाई कुनै अनुमान छ भने त्यही अनुसार पुरा गरिनेछ ।
शंकासँग लड्नु पर्छ र शरियतको आदेशको पालना गरेर यसलाई निर्मुल पार्न प्रोत्साहन ।