إعدادات العرض
राम्रो सपना (रुया) अल्लाहबाट हुन्छ, र डरलाग्दो सपना (हुल्म) शैतानबाट हुन्छ। यदि तिमीहरू मध्ये कसैले यस्तो सपना…
राम्रो सपना (रुया) अल्लाहबाट हुन्छ, र डरलाग्दो सपना (हुल्म) शैतानबाट हुन्छ। यदि तिमीहरू मध्ये कसैले यस्तो सपना देख्छ जसले डर उत्पन्न गराउँछ भने उसले आफ्नो देब्रे (बायाँ) पट्टि थुकोस् र त्यसको खराबीबाट बच्न अल्लाहसँग शरण मागोस्। किनभने यसले त्यसपछि कुनै हानि गर्दैन।
अबू- क़तादह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "राम्रो सपना (रुया) अल्लाहबाट हुन्छ, र डरलाग्दो सपना (हुल्म) शैतानबाट हुन्छ। यदि तिमीहरू मध्ये कसैले यस्तो सपना देख्छ जसले डर उत्पन्न गराउँछ भने उसले आफ्नो देब्रे (बायाँ) पट्टि थुकोस् र त्यसको खराबीबाट बच्न अल्लाहसँग शरण मागोस्। किनभने यसले त्यसपछि कुनै हानि गर्दैन।"
الترجمة
العربية বাংলা English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල ئۇيغۇرچە Kurdî Kiswahili Português தமிழ் Nederlands অসমীয়া ગુજરાતી አማርኛ پښتو Hausa ไทย മലയാളംالشرح
नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभएको छ : सुःखद र राम्रो सपना (रुया) अल्लाहबाट हुन्छ, जबकि डरलाग्दो र दुःखद सपना (हुल्म) शैतानबाट हुन्छ। जसले आफ्नो सपनामा अप्रिय वा डरलाग्दो कुरा देख्छ, उसले आफ्नो देब्रे (बायाँ) तर्फ हल्का थुक्नुपर्छ र त्यसको खराबीबाट जोगिन अल्लाहसँग शरण माग्नुपर्छ। किनभने यसरी गर्नाले, अल्लाहले त्यस सपनाबाट हुने कुनै पनि हानि कारक असरहरूबाट सुरक्षित राख्नुहुन्छ।فوائد الحديث
सपना (रुया र हुल्म) ती कुराहरू हुन्, जुन मानिसले निद्रामा देख्छ। तर सामान्यतया "रुया" शब्द राम्रो र सुखद कुराहरूको लागि प्रयोग गरिन्छ, जबकि "हुल्म" शब्द खराब र अप्रिय कुराहरूको लागि प्रयोग गरिन्छ। यद्यपि, यी दुबै शब्दहरू कहिलेकाहीँ एक-अर्काको सट्टामा पनि प्रयोग गरिन्छ।
सपनाका प्रकारहरू: १- सत्य सपना : यो एउटा सत्य र शुभ सपना हो, जुन अल्लाहबाट प्राप्त हुन्छ। मानिस आफैं देख्छ वा अरूले उसको लागि यस्तो सपना देख्छन्। 2- मनको वार्ता : यो ती कुरा हुन्, जसबारे व्यक्तिले जागेको अवस्थामै सोचिरहेको हुन्छ, र त्यसकै प्रभावले सपना देखिन्छ।
3- शैतानको उद्देश्य मानिसलाई दुःखी र डराउनु हो। ऊ विभिन्न प्रकारका डरावना र भ्रमपूर्ण कुराहरू प्रस्तुत गरेर आदमका सन्तानलाई दुःखित पार्न चाहन्छ।
सत्य सपना सम्बन्धी उल्लिखित तीन मुख्य बुँदाहरू यस्ता छन्: १- यसको लागि अल्लाहको प्रशंसा गर्नुपर्छ। 2- यसलाई राम्रो संकेतका रूपमा लिनुपर्छ। 3- यसको बारेमा केवल ती व्यक्तिहरूसँग कुरा गर्नुपर्छ जसले उसलाई माया गर्छन, घृणा गर्नेहरूसँग होइन।
अप्रिय सपना सम्बन्धी पालना गर्नुपर्ने पाँचवटा कुराहरू यस्ता छन्: १- त्यसका दुष्प्रभाव बाट बच्न अल्लाहको शरण लिनुपर्छ। 2- शैतानको दुष्टताबाट बच्न अल्लाहको शरण लिनुपर्छ। 3- निद्राबाट ब्युँझेपछि बायाँतर्फ तीन पटक थुक्नुपर्छ। ४- त्यस सपनाबारे कसैलाई पनि बताउनुपर्दैन। 5- यदि ऊ फेरि सुत्न चाहन्छ भने, उसले आफ्नो सुतिरहेको पोजिसन परिवर्तन गर्नुपर्छ , किनभने यसरी गरेमा सपनाले कुनै पनि हानि पुर्याउने छैन।
التصنيفات
सपनाका शिष्टाचार