अल्लाहले रातमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि दिनमा पाप गर्नेले पश्चात्ताप गरून् र दिनमा आफ्नो हात फैलाउनुहुन्छ,…

अल्लाहले रातमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि दिनमा पाप गर्नेले पश्चात्ताप गरून् र दिनमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि रातमा पाप गर्नेले पश्चात्ताप गरून्, जबसम्म सूर्य पश्चिमबाट उदाउछँ ।

अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले रातमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि दिनमा पाप गर्नेले पश्चात्ताप गरून् र दिनमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि रातमा पाप गर्नेले पश्चात्ताप गरून्, जबसम्म सूर्य पश्चिमबाट उदाउछँ ।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : अल्लाहले आफ्नो दासको तौबा (पश्चात्ताप) स्वीकार गर्नुहुन्छ । यदि कुनै दासले दिनमा पाप गर्छ र रातमा पश्चात्ताप गर्छ भने अल्लाहले उसको पश्चात्ताप स्वीकार गर्नुहुन्छ र यदि उसले रातमा पाप गर्छ र दिनमा पश्चात्ताप गर्छ भने अल्लाहले उसको पश्चात्ताप स्वीकार गर्नुहुन्छ । उहाँ तौबा (पश्चात्ताप) स्वीकार गर्न खुशीका साथ आफ्नो हात फैलाउनुहुन्छ । जबसम्म सूर्य पश्चिमबाट उठाउँदैन, तबसम्म पश्चात्तापको ढोका खुला रहनेछ, किनभने पश्चिमबाट सूर्य उदाउनु भनेको पश्चातापको ढोका बन्द हुनु र संसारको अन्त्य हुनुको संकेत हो ।

فوائد الحديث

जबसम्म पश्चात्तापको ढोका खुला हुन्छ, तौबा स्वीकार गर्ने प्रक्रिया जारी रहन्छ अनि सूर्य पश्चिमबाट उदाएपछि पश्चात्तापको ढोका बन्द हुनेछ । साथै, रूह (आत्मा) हलकुम (घाँटी) मा पुग्दा यसको ढोका बन्द हुन्छ, त्यसैले मानिसले यो भन्दा अघि पश्चात्ताप गर्नुपर्छ ।

पापको कारणले निराश हुनुहुँदैन । किनभने अल्लाहको क्षमा र कृपा अति विशाल छ र पश्चात्तापको ढोका खुला छ ।

पश्चात्तापका लागि शर्तहरू: पहिलो: पाप त्याग्नु, दोस्रो: पाप गरेपछि पछुताउनु र तेस्रो: फेरि पाप नगर्ने संकल्प गर्नु । यो यदि सर्वशक्तिमान ईश्वरको अधिकारसँग सम्बन्धित छ भने, तर जनताको अधिकारसँग सम्बन्धित छ भने त्यो अधिकार मालिकलाई फिर्ता गर्नुपर्छ वा अधिकारको मालिकले माफी दिनु पर्छ ।

التصنيفات

तौबा (प्रायश्चित)