मेरा परममित्र(सल्लल्लाहु अलैहि वसल्लम)ले मलाई तीन चिजका बारेमा अर्ती दिनु भयो: हरेक महिनामा तीन दिन रोजा राख्ने…

मेरा परममित्र(सल्लल्लाहु अलैहि वसल्लम)ले मलाई तीन चिजका बारेमा अर्ती दिनु भयो: हरेक महिनामा तीन दिन रोजा राख्ने बारे , चाश्तको समयमा दुइ रक्अत नमाज र सुत्नु भन्दा पहिला वित्र पढ्न ।

हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु)द्वारा वर्णन छ: मेरा परममित्र(सल्लल्लाहु अलैहि वसल्लम)ले मलाई तीन चिजका बारेमा अर्ती दिनु भयो: हरेक महिनामा तीन दिन रोजा राख्ने बारे , चाश्तको समयमा दुइ रक्अत नमाज र सुत्नु भन्दा पहिला वित्र पढ्न ।

[सही] [मुत्तफकुन अलैहि]

الشرح

हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) बताउनु हुन्छ कि उहाँका प्यारा र मित्र नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले उहाँलाई तीन कुराका बारेमा अर्ती दिनु भयो र उहाँलाई तीन कुराका बारेमा जिम्मेदार बनाउनु भयो । पहिलो: हरेक महिनामा तीन दिन रोजा बस्ने। दोस्रो: हरेक दिन चाश्तको बेलामा दुई रक्अत (नफ्ल) नमाज पढ्ने । तेस्रो: सुत्नु अगाडि वित्र नमाज पढ्ने । यो त्यसका लागि हो जो रातको अन्तिम प्रहरमा उठ्न सक्दैन ।

فوائد الحديث

नबी(सल्लल्लाहु अलैहि वसल्लम)का अर्तीहरू उहाँका साथीहरूका निमित्त भिन्न भिन्ने हुने गर्थे, यो कुरा उहाँको ज्ञानद्वारा उहाँका साथीहरूलाई उनीहरूको अवस्था अनुसार र उनीहरू सबैका लागि उपयुक्त हुन्छ भन्ने कुरामा आधारित हुन्थ्यो। अत: बलवानका लागि जिहाद, उपासकका लागि उपासना , ज्ञानीका लागि ज्ञान, इत्यादि ।

इब्ने हजर अल-अस्कलानीले भन्नु भएको छ: प्रत्येक महिनाको तीन दिन उपवास, भन्नुको अर्थ ऐयामे वीज - का रोजाहरू हुन् र यी हिजरी महिनाको तेह्रौं, चौधौं र पन्ध्रौं दिनका रोजा भनिएका हुन् ।

इब्ने हजर अल-अस्कलानीले भन्नु भयो: यसले सुत्नु अघि वित्र पढ्नलाई राम्रो मानिएको संकेत गर्दछ र यो ब्यूँझिनमा विश्वस्त नहुने मान्छेलाई लागू हुन्छ ।

यी तीन कार्यहरूको महत्त्व; किन कि नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले आफ्ना कैयौँ साथीहरूलाई यो कुराका बारेमा अर्ती दिनु भयो ।

इब्न दकीक उल्-ईदले आफ्नो भनाइमा भन्नु भएको छ: (र जुहाका ( चाश्तका) दुई रकतहरू): सायद उहाँले थोरै भन्दा थोरैको उल्लेख गर्नु भएको हो, जसलाई पढ्न उहाँले जोर दिनु भएको छ । अनि यस हदीसबाट यो कुरा थाहा भयो कि चाश्तको नमाज पढ्नु मुस्तहब हो र यसको सङ्ख्या थोरैमा दुई रकअत हो ।

जुहा (चाश्त)को नमाजको समय: सूर्योदय पछि लगभग एक घण्टा पछि, र यसको समय मध्याह्न भन्दा लगभग दस मिनेट सम्म रहेको हुन्छ, र यसको संख्या: जसमध्ये कम्तिमा दुई रकातहरू छन्, तर सबैभन्दा धेरैको बारेमा मतभेद छ; सो भनिएको छ: आठ रकतहरू हुनु पर्छ, र यो पनि भनिएको छ कि धेरैको कुनै सीमा छैन ।

वित्रको समय: इशाको नमाज पछि देखि मिर्मिरे सम्म, यसको थोरैमा एक रकअत हो भने धेरैमा एघार रकअत हुन् ।

التصنيفات

नफ्ली वर्त