अराजकता , भ्रष्टाचार र द्वन्दको समयमा उपासना गर्नु भनेको मतिर हिज्रत(प्रवास) गर्नु जस्तै हो।

अराजकता , भ्रष्टाचार र द्वन्दको समयमा उपासना गर्नु भनेको मतिर हिज्रत(प्रवास) गर्नु जस्तै हो।

माकिल बिन यसार (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अराजकता , भ्रष्टाचार र द्वन्दको समयमा उपासना गर्नु भनेको मतिर हिज्रत(प्रवास) गर्नु जस्तै हो।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई कलह, भ्रष्टाचार, हत्या, विनाश र विद्रोहको समयमा अल्लाहको उपासनामा समर्पित हुन निर्देशन दिनुभएको छ र यसको प्रतिफल नबी (सल्लल्लाहु अलैहि वसल्लम) तिर हिजरत गर्ने प्रतिफल बराबर भएको बताउनुभएको छ। यसको कारण यो हो कि मानिसहरू त्यस्तो अवस्थामा इबादतबाट बेपर्वाह हुन्छन्, अन्य कुरामा व्यस्त हुन्छन्, र केवल थोरै व्यक्तिहरू मात्र इबादतमा समय दिन्छन्।

فوائد الحديث

फितना (अराजकता, द्वन्द्व, भ्रम) का दिनहरूमा इबादत गर्न र अल्लाहतर्फ फर्किन प्रोत्साहन गरिएको छ; किनभने यसले फितनाबाट बचाउँछ र भ्रष्टाचारबाट रक्षा गर्दछ।

फितना (अराजकता, द्वन्द्व, भ्रम) र मानिसहरू बेपर्वाह हुने समयमा इबादतको महान पुण्य स्पष्ट गरिएको छ ।

एउटा मुस्लिमले फितना (अराजकता, द्वन्द्व, भ्रम) र अचेतन हुने स्थानहरूबाट टाढा रहनु आवश्यक हुन्छ।

التصنيفات

असल कर्मका सद्गुणहरू