إعدادات العرض
अजान र इकामतको बीचमा गरिएको प्रार्थना अस्वीकृत हुँदैन।
अजान र इकामतको बीचमा गरिएको प्रार्थना अस्वीकृत हुँदैन।
अनस बिन् मालिक(रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अजान र इकामतको बीचमा गरिएको प्रार्थना अस्वीकृत हुँदैन।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Indonesia Tagalog Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Português සිංහල Nederlands অসমীয়া Tiếng Việt Kiswahili ગુજરાતી پښتو Română മലയാളം Deutsch Кыргызча ქართული Moore Magyar తెలుగు Svenska ಕನ್ನಡ አማርኛ Українська Македонски Kinyarwanda Oromoo ไทย Српски मराठी ਪੰਜਾਬੀ دری Malagasy Wolof ភាសាខ្មែរ Lietuvių தமிழ் Shqip မြန်မာالشرح
नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले अजान र इकामतको बीचमा (मागिएको) दुआको विशेषता वर्णन गर्नु भयो । किनभने उक्त समयमा (मागिएको) दुआ रद्द हुँदैन र कबूल हुन्छ । सो यस बीचमा अल्लाह तआलासित दुआ माग्ने गर ।فوائد الحديث
यो समयमा दुआ माग्नुको विशेषता।
जब दुआ गर्ने व्यक्तिले प्रार्थनाको उचित आचरण पालना गर्छ, प्रार्थना स्वीकार हुने ठाउँ र समय अनुसार प्रार्थना गर्छ, अल्लाहको अवज्ञाबाट टाढा रहन्छ, शंका र उप शंकाको ठाउँमा पाइला राख्नबाट जोगिन्छ र अल्लाहमाथि राम्रो विश्वास राख्छ, तब अल्लाहको अनुमतिले उसको प्रार्थना स्वीकार हुने आशा गरिन्छ।
"मनावी"ले दुआ कबूल हुने बारेमा भन्नु भएको छ : दुआ तब कबूल हुन्छ जब त्यसका शर्त, आधार तथा नियमहरूमा विचार गरेर दुआ गरिन्छ; यदि तीमध्ये कुनै कुराको ख्याल राखिएन र दुआ कबुल भएन भने केवल आफूलाई दोष दिए हुन्छ ।
प्रार्थना स्वीकार हुनुको अर्थ : या त व्यक्तिले मागेको कुरा दिइन्छ, वा त्यो बराबरको खराबी उसबाट हटाइन्छ, वा त्यो उसको भविष्यको लागि भण्डारण गरिन्छ। यी सबै कुराहरू अल्लाहको बुद्धिमत्ता र उसको दयामा निर्भर गर्दछ।
التصنيفات
दुआ स्वीकृत हुने र नहुने कारणहरू