त्यो व्यक्ति हामी मध्ये होइन, जसले अशुभ शगुन लियो वा जसको लागि अशुभ शगुन लिइएको छ, जसले ज्योतिषीको काम गर्यो वा…

त्यो व्यक्ति हामी मध्ये होइन, जसले अशुभ शगुन लियो वा जसको लागि अशुभ शगुन लिइएको छ, जसले ज्योतिषीको काम गर्यो वा जसको लागि ज्योतिषीको काम गराइयो, जसले जादू गर्यो वा जसको लागि जादू गराइयो

इमरान बिन हुसैन (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "त्यो व्यक्ति हामी मध्ये होइन, जसले अशुभ शगुन लियो वा जसको लागि अशुभ शगुन लिइएको छ, जसले ज्योतिषीको काम गर्यो वा जसको लागि ज्योतिषीको काम गराइयो, जसले जादू गर्यो वा जसको लागि जादू गराइयो । जसले गाँठोमा झारफुक गर्यो र जो कुनै ज्योतिषीकहाँ गयो र उसले भनेको वचनलाई सत्य मान्यो भने उसले मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अवतरित शरीयतलाई अस्वीकार गर्यो ।

[हसन] [बज्जारले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना अनुयायीहरूलाई चेतावनी दिनुभयो, जसले यी कार्यहरू गर्छन् ऊ हामी मध्ये होइनन् । यी कार्यहरू निम्नानुसार छन्: पहिलो : "जसले अशुभ शगुन लियो वा जसको लागि शगुन लिइएको छ ।" यसको अर्थ: अरबीहरूले यात्रा, व्यापार जस्ता कुनै पनि काम सुरु गर्दा चरालाई उडाउने गर्दथे । यदि चरा दायाँ तिर उड्यो भने यो एक शुभ संकेत हो र आफूले चाहेको काम गर्न जान्छ । तर यदि यो बायाँतिर उड्यो भने, यो एक अशुभ संकेत हो र आफूले चाहेको कुराबाट टाढिन्छ । वास्तवमा, यो निषेधित काम हो, न त आफैले गर्न मिल्छ न अरुद्वारा गराउन । यसमा हरेक प्रकारको शगुन समावेश गरिएको छ, चाहे त्यो कुरा सुन्ने वा देख्नेसँग सम्बन्धित होस् । चाहे त्यो पंक्षी होस्, जनावर होस्, शारीरिक अपाङ्गता भएका मानिस होस्, कुनै विशेष संख्या होस् वा दिन वा अरु केही । दोस्रो: जसले आफैले ज्योतिषीको काम गरेको हो वा कसैबाट गराएको हो । तसर्थ, जसले नक्षत्र, ताराहरू आदिको सहायताले अदृश्य कुरा थाहा पाएको दाबी गर्छ वा अदृश्य कुरा जान्नको दाबी गर्ने व्यक्तिकहाँ गएर उसको कुरालाई सत्य मान्ने व्यक्तिले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि अवतरित शरीयतलाई अस्वीकार गर्यो । तेस्रो: "जसले जादू गर्यो वा अरुद्वारा जादू गराइयो ।" कसैको हित गर्ने वा कसैलाई हानि पुयाउने उद्देश्यले जादुगर्ने वा जादु गराउने वा अवैध मन्त्र इत्यादि जप गरेर धागो आदिमा गाँठो लगाएर फुकाउने व्यक्ति ।

فوائد الحديث

अल्लाहमा भरोसा गर्नु र अल्लाहको भाग्यमा आस्था राख्नु आवश्यक छ । शगुन, बोक्सीविद्या र ज्योतिषीले गर्ने काम जस्तै भविष्यवाणी गर्नु वा उनीहरूसंग केही सोध्नु निषेध गरिएको छ ।

नदेखेको कुरा थाहा पाएको दाबी गर्नु बहुदेववाद र तौहीदको विपरीत हो ।

ज्योतिषीले भनेका कुरालाई सत्य मान्नु र ज्योतिषीहरूकहाँ जानु हराम हो । यसै सन्दर्भमा हत्केला र प्याला (कचौरा) हरू पढ्ने र व्यक्तिको सौभाग्य र दुर्भाग्यलाई नक्षत्रसँग जोड्ने आदि कार्यहरू पनि समावेश छन्, यद्यपि यी जानकारीको लागि भए पनि निषेध छ ।

التصنيفات

नवाकिजुल-इस्लाम (इस्लामबाट खारेज गर्ने कुराहरू), अज्ञानताका समस्याहरू