إعدادات العرض
मैले जुन कुराबाट तिमीहरूलाई रोकेको छु, त्यसबाट टाढा रहनू र जुन कुराको आदेश दिएको छु, त्यसलाई आफ्नो…
मैले जुन कुराबाट तिमीहरूलाई रोकेको छु, त्यसबाट टाढा रहनू र जुन कुराको आदेश दिएको छु, त्यसलाई आफ्नो सामर्थ्यअनुसार पूरा गर्नू
अबू हुरैरा अब्दुर्रहमान बिन सखर (रज़ियल्लाहु अन्हु) बाट वर्णित छ, उहाँले भन्नुभयो, मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्दै गरेको सुनें: "मैले जुन कुराबाट तिमीहरूलाई रोकेको छु, त्यसबाट टाढा रहनू र जुन कुराको आदेश दिएको छु, त्यसलाई आफ्नो सामर्थ्यअनुसार पूरा गर्नू। किनभने तिमीहरूभन्दा अघिका समुदायहरू नबीहरूसँग अत्यधिक प्रश्न गर्ने र मतभेद राख्ने कारणले नै नष्ट भएका थिए।"
الترجمة
العربية Español አማርኛ English اردو Indonesia বাংলা Français Türkçe Русский Bosanski සිංහල हिन्दी 中文 فارسی Tiếng Việt Tagalog Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் ไทย Deutsch پښتو অসমীয়া Shqip Nederlands ગુજરાતી Кыргызча Lietuvių دری Српски тоҷикӣ Kinyarwanda Română Magyar Čeština Moore Malagasy Oromoo ಕನ್ನಡ Wolof Azərbaycan O‘zbek Українська ქართული Македонски ភាសាខ្មែរ ਪੰਜਾਬੀ मराठी Kirundi Kurmancî Bahasa Melayuالشرح
हामीलाई अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट रूपमा बताउनुभएको छ, जब उहाँले हामीलाई कुनै कुराबाट रोक्नुहुन्छ, त्यसबाट बिना कुनै अपवाद टाढा रहनु अनिवार्य हुन्छ। साथै, जब उहाँले कुनै कुराको आदेश दिनुहुन्छ, त्यसलाई हामीले आफ्नो सामर्थ्यअनुसार पूरा गर्नुपर्छ। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई विगतका ती समुदायहरू जस्तो हुनबाट सचेत गराउनुभयो, जसले नबीहरू सँग अनावश्यक प्रश्न गर्ने र उनीहरूको अवज्ञा गर्ने गर्दथे, फलस्वरूप अल्लाहले उनीहरूलाई विभिन्न विपत्तिद्वारा नष्ट गरिदिनुभयो। अतः उनीहरूको जस्तै विनाशबाट बच्नका लागि हामीले त्यस्तो व्यवहार गर्नुहुँदैन।فوائد الحديث
यो हदीस, आदेशहरूको पालना गर्नु र निषेध गरिएका कुराहरूबाट बच्नु अनिवार्य रहेको विषयमा एक मूल आधार हो।
निषेध गरिएका कार्यहरूमा कुनै छुट दिइएको छैन, जबकि आदेशहरूको पालना व्यक्तिको आफ्नो सामर्थ्य अनुसार मात्र आवश्यक हुन्छ। यसको कारण यो हो कि कुनै निषेधित कार्य त्याग्न सम्भव हुन्छ, तर आदेशित कार्य सम्पन्न गर्नका लागि व्यक्ति सक्षम हुनुपर्ने हुन्छ।
धेरै प्रश्न गर्न निषेध गरिएको छ । उलमा (विद्वानहरू) ले प्रश्नलाई दुई भागमा विभाजन गरेका छन्: एउटा धर्म सिक्न र सिकाउने उद्देश्यले प्रश्न गर्नु र यो जायज हो अनि सहाबीले सोध्ने प्रश्न यसै अन्तर्गत पर्दछ । दोस्रो हठ, अहंकार, शंकास्पद र फाइदा नभएको प्रश्न गर्नु, जुन निषेध गरिएको छ ।
यस राष्ट्रलाई आफ्नो रसूलको अवज्ञा विरुद्ध चेतावनी दिइएको छ, ताकि अघिका राष्ट्रहरू झैं यसको हालत नहोस् ।
निषेध गरिएको कुराले त्यसको सानो मात्र र ठूलो मात्रा दुवैलाई समान रूपले बुझाउँछ। किनभने, निषेधित कुरा-वस्तुको सानो र ठूलो दुवै अंशलाई परित्याग नगरी त्यसबाट पूर्ण रूपमा बच्न सकिँदैन। उदाहरणका लागि, रिबा (ब्याज) लिन र दिन निषेध गरिएको छ र यो नियम थोरै ब्याज होस् वा धेरै दुवैमा लागू हुन्छ।
निषेधित (हराम) कार्यतर्फ लैजाने कारणहरूलाई त्याग्नु आवश्यक छ, किनभने यो पनि निषेधित कार्यहरुबाट बच्नु अन्तर्गत नै पर्दछ।
जब कुनै व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आदेश सुन्छ, तब उसले त्यो अनिवार्य (वाजिब) हो वा स्वैच्छिक पुण्यकारी (मुस्तहब) हो भनी प्रश्न गर्नु हुँदैन। बरु, उसले तुरुन्तै आदेश पालना गर्नुपर्छ, किनभने उहाँको भनाइ छ: "त्यसलाई आफ्नो सामर्थ्यअनुसार पूरा गर्नू।"
धेरै प्रश्न गर्नु विनाशको कारण बन्न सक्छ, विशेषगरी ती विषयहरूमा जसको ज्ञान असम्भव छ, जस्तै अदृश्य र रहस्यमय कुराहरू तथा कियामतको दिनको अवस्थाबारे। यस्ता विषयहरूमा अनावश्यक प्रश्न नगर्नुहोस्, अन्यथा तपाईं विनाशमा पर्नुहुनेछ र ज्ञानको निर्धारित सीमा उल्लङ्घन गर्दै अनावश्यक र निरर्थक गहनतामा जाने व्यक्ति ठहरिनुहुनेछ।
