निश्चय नै, स्वर्गमा मुमिन (विश्वासी) का लागि एउटा यस्तो पाल (तम्बु) हुनेछ, जुन भित्रबाट खोक्रो भएको एउटै ठूलो…

निश्चय नै, स्वर्गमा मुमिन (विश्वासी) का लागि एउटा यस्तो पाल (तम्बु) हुनेछ, जुन भित्रबाट खोक्रो भएको एउटै ठूलो मोतीबाट बनेको हुनेछ। त्यसको उचाइ साठी माइल हुनेछ। त्यहाँ आस्थावानका श्रीमतीहरू हुनेछन्, जोसँग ऊ भेट गर्न आउने-जाने गर्नेछ, तर (त्यो पाल यति ठूलो हुनेछ कि) उनीहरूले एकअर्कालाई देख्ने छैनन्।

अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "निश्चय नै, स्वर्गमा मुमिन (विश्वासी) का लागि एउटा यस्तो पाल (तम्बु) हुनेछ, जुन भित्रबाट खोक्रो भएको एउटै ठूलो मोतीबाट बनेको हुनेछ। त्यसको उचाइ साठी माइल हुनेछ। त्यहाँ आस्थावानका श्रीमतीहरू हुनेछन्, जोसँग ऊ भेट गर्न आउने-जाने गर्नेछ, तर (त्यो पाल यति ठूलो हुनेछ कि) उनीहरूले एकअर्कालाई देख्ने छैनन्।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्वर्गका केही सुख-सुविधाहरूको बारेमा बताउनुहुँदै उल्लेख गर्नुभएको छ कि स्वर्गमा आस्थावानका लागि एउटा विशाल र फराकिलो पाल (तम्बू) हुनेछ, जुन भित्रबाट खोक्रो भएको एउटै मात्र बहुमूल्य मोती द्वारा निर्मित हुनेछ। आकाशतर्फ त्यसको चौडाइ र लम्बाइ साठी माइलको हुनेछ। त्यसका चारै वटा कुना र प्रान्तहरूमा उनीका श्रीमतीहरू हुनेछन्, जसले (विशालताका कारण) एकअर्कालाई देख्न सक्ने छैनन् र आस्थावान उनीहरूका माझ आवतजावत गर्नेछ।

فوائد الحديث

यसमा स्वर्गवासीहरूले प्राप्त गर्ने महान् अनुग्रहरूको विवरण छ।

यसमा अल्लाहले सत्कर्मी भक्तहरूका लागि तयार पार्नुभएको सुख-सुविधाको व्याख्या गरेर असल कार्यहरू गर्न प्रोत्साहित गरिएको छ।

التصنيفات

स्वर्ग र नर्कको वर्णन