अल्लाहको कसम, जब म कुनै चीजको लागि कसम खान्छु र त्यो भन्दा राम्रो अर्को चीज देख्छु भने म कसमको कफ्फारा दिनेछु र…

अल्लाहको कसम, जब म कुनै चीजको लागि कसम खान्छु र त्यो भन्दा राम्रो अर्को चीज देख्छु भने म कसमको कफ्फारा दिनेछु र राम्रो मात्र गर्नेछु (इन्-शा अल्लाह) ।

अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म अश्अरी जनजातिका केही व्यक्तिहरूसँग रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएँ । मैले उहाँलाई सवारी मागें र उहाँले भन्नुभयो: "अल्लाहको कसम! म तिमीलाई सवारी दिन सक्दिनं र मसँग तिमीलाई दिने कुनै सवारी पनि त छैन ।" त्यसपछि हामी अल्लाहले चाहनुभएको केही समयसम्म त्यहाँ बस्यौं । यसैबीच केही ऊँटहरू उहाँकहाँ आए, उहाँले हामीलाई तीनवटा ऊँटहरू दिन आदेश दिनुभयो । त्यहाँबाट निस्केपछि हामीमध्ये केही मानिसहरूले अरूलाई भने: अल्लाहले हामीलाई बर्कत (आशीर्वाद) नदेउन् । हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएर सवारीको लागि अनुरोध गर्यौं र उहाँले हामीलाई सवारी दिन नसक्ने कसम खानुभयो र त्यसपछि उहाँले हामीलाई दिनुभयो । अबू मुसाले भने: हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयौं र हामीबीच भएको कुराबारे अवगत गरायौं । उहाँले भन्नुभयो: "हेर, मैले तिमीलाई सवारीसाधन दिएको होइन । अल्लाहले तिमीहरूलाई सवारी दिनुभएको हो । अल्लाहको कसम, जब म कुनै चीजको लागि कसम खान्छु र त्यो भन्दा राम्रो अर्को चीज देख्छु भने म कसमको कफ्फारा दिनेछु र राम्रो मात्र गर्नेछु (इन्-शा अल्लाह) ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनी अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र उनीसँगै उनको जनजातिका अन्य सदस्यहरू पनि थिए । आउने उद्देश्य के थियो भने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनीहरूलाई सवारीसाधनको रुपमा केही ऊँटहरू प्रदान गर्नुहुनेछ, ताकि तिनीहरू जिहादमा भाग लिन सकून् । तर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले म तिमीहरूलाई सवारी दिन सक्दिनं र तिमीलाई दिने कुनै सवारी मसँग छैन भनेर कसम खानु भयो । त्यसैले तिनीहरू केही बेर पर्खेर बसे । त्यसपछि तीनवटा ऊँटहरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र उहाँले ती ऊँटहरू तिनीहरूलाई दिन पठाउनुभयो । यो देखेर केही मानिसहरूले एक अर्कालाई भने: अल्लाहले हामीलाई यी ऊँटहरूमा बर्कत नदिउन्; किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सवारी नदिने कसम खानुभएको थियो । त्यसैले तिनीहरू उहाँकहाँ आएर सोधे । उहाँले भन्नुभयो: वास्तवमा, अल्लाहले तिमीहरूलाई सवारी दिनुभएको हो; किनभने उहाँले व्यवस्था गर्नुभएको हो र अवसर पनि । यो काम मद्वारा सम्पन्न भएकोले म एक माध्यम मात्र हुँ । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: जब म कुनै काम गर्ने वा नगर्ने कसम खान्छु र पछि त्यो भन्दा राम्रो अर्को चीज देख्छु भने म कसमको कफ्फारा दिनेछु र राम्रो मात्र गर्नेछु (इन्-शा अल्लाह) ।

فوائد الحديث

कसैले कसम खान न भने पनि समाचार पुष्टि गर्न कसम खान अनुमति छ, चाहे त्यो भविष्यसँग सम्बन्धित भए पनि ।

कसम खाइसकेपछि “इन् शा अल्लाह” भनी अपवाद गर्न पाइन्छ र यदि कसमसँग अपवाद गर्ने नियत गरिन्छ र कसमसँग जोडिएको हो भने कसम तोड्नेमाथि कफफारा अनिवार्य हुँदैन ।

जब कुनै व्यक्तिले कसम खान्छ र त्यसपछि कसम भन्दा राम्रो कुरा देखेमा आफ्नो कसम तोडेर प्रायश्चित गर्न प्रोत्साहन ।

التصنيفات

कसम र भाकल