एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई कयामतको बारेमा सोधे : कयामत (प्रलय) कहिले आउँछ ? उहाँले भन्नुभयो:…

एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई कयामतको बारेमा सोधे : कयामत (प्रलय) कहिले आउँछ ? उहाँले भन्नुभयो: "तिमीले यसको लागि के तयारी गरेका छौ ?

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई कयामतको बारेमा सोधे : कयामत (प्रलय) कहिले आउँछ ? उहाँले भन्नुभयो: "तिमीले यसको लागि के तयारी गरेका छौ ?" उनले भने: मैले कुनै खासै तयारी गरेको त छैन, तर म अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई धेरै माया गर्छु । यो सुनेर उहाँले भन्नुभयो: "निश्चयनै तिमी जसलाई माया गर्छौ उसँग हुनेछौ ।" अनस (रजियल्लाहु अन्हु) ले भने: हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ "निश्चयनै तिमी जसलाई माया गर्छौ उसैसँग हुनेछौ ।" बाट जति खुशी भयौं त्यति अरु कुराबाट भएका थिएनौं । अनस (रजियल्लाहु अन्हु) ले भने: म अल्लाहको नबी (सल्लल्लाहु अलैहि वसल्लम), अबू बकर र उमर (रजियल्लाहु अन्हुम) लाई माया गर्छु र तिनीहरूले गरे जस्तो कर्महरू गर्न नसके पनि उनीहरूसँगको प्रेमले गर्दा उनीहरूसँग हुने अवसर पाउने आशा गरेको छु ।

[सही] [मुत्तफकुन अलैहि]

الشرح

मरुभूमिमा बस्ने एक गाउँलेले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे : कयामत (प्रलय) कहिले आउँछ ? उहाँले (जवाफ दिनुको सट्टा) उसलाई सोध्नु भयो: तिमीले यसको तयारीको लागि के राम्रो कर्महरू गरेका छौ? प्रश्नकर्ताले जवाफ दिए: मैले यसको तयारीको लागि कुनै ठूलो काम गरेको छैन, तर यो निश्चित छ, म अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई माया गर्छु । उनले अरू कुनै आध्यात्मिक, भौतिक वा आर्थिक उपासनाको उल्लेख गरेनन्; किनभने यी सबै उपासनाहरू प्रेमका शाखाहरू र त्यसैका परिणाम हुन् । दोस्रो, साँचो प्रेमले मानिसलाई पुण्य कर्म गर्न उत्प्रेरित गर्छ । उसको जवाफ सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: पक्कै पनि तिमी जसलाई माया गर्छौ स्वर्गमा उसैसँग हुनेछौ । नबी (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबा(साथी)हरू यो सुसमाचारबाट धेरै खुसी भए । त्यसपछि अनस (रजियल्लाहु अन्हु) ले भने: उनी अल्लाहको नबी (सल्लल्लाहु अलैहि वसल्लम), अबू बकर र उमर (रजियल्लाहु अन्हुम) लाई माया गर्छन् र उनीहरूले गरे जस्तो कर्महरू गर्न नसके पनि उनीहरूसँगको प्रेमले गर्दा उनीहरूसँग हुने आशावादी छन् ।

فوائد الحديث

प्रश्नकर्तालाई जवाफ दिनमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को बुद्धि, उहाँले उनको मुक्तिको लागि चाहिने महत्त्वपूर्ण कुरातर्फ डोऱ्याउनुभयो र त्यो हो, लाभदायक र पुण्य कर्महरू मार्फत परलोकको लागि तयारी गर्नु ।

अल्लाहले आफ्ना दासहरूबाट कयामतको ज्ञान लुकाउनुभएको छ, ताकि मानिसहरू अल्लाहलाई भेट्न तयार र इच्छुक रहुन् ।

अल्लाह, उहाँका नबी र असल आस्थावानहरूलाई प्रेम गर्ने सद्गुण र बहुदेववादीहरूलाई माया नगर्ने चेतावनी ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ : 'तिमी जसलाई माया गर्छौ उसैसँग हुनेछौ ।' को मतलब पद र हैसियतमा समानता होइन । बरु स्वर्गमा तिनीहरू यसरी बस्नेछन् कि टाढा भए पनि एकअर्कालाई देख्न सक्नेछन् ।

मुस्लिमलाई उसको लागि राम्रो र अधिक लाभदायक कुरामा ध्यान केन्द्रित गर्न र फाइदा नहुने बेकारका कुराहरू न सोध्न निर्देशन दिइएको छ ।

التصنيفات

अन्तिम दिनमाथि ईमान, हृदयका कार्यहरू