إعدادات العرض
तिमीहरूले सेहरी खानुपर्छ, किनकि सेहरीमा बर्कत (आशिर्वाद) हुन्छ।
तिमीहरूले सेहरी खानुपर्छ, किनकि सेहरीमा बर्कत (आशिर्वाद) हुन्छ।
अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको : "तिमीहरूले सेहरी खानुपर्छ, किनकि सेहरीमा बर्कत (आशिर्वाद) हुन्छ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Indonesia Tagalog Türkçe اردو 中文 हिन्दी සිංහල ئۇيغۇرچە Hausa Português Kurdî Русский Tiếng Việt Kiswahili অসমীয়া ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული Moore ಕನ್ನಡ Svenska Oromoo Македонски ไทย Українська తెలుగు پښتو मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy ភាសាខ្មែរ Wolof Shqipالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सहरीको अभ्यासलाई प्रोत्साहन गर्नुभयो। सहरी भनेको रातको अन्तिम भागमा उपवासको तयारीको लागि खाइने खाना हो। यसमा ठूलो बर्कत र धेरै पुण्यहरू छन्, जस्तै रातको अन्तिम भागमा प्रार्थना गर्न उठ्नु, उपवास गर्ने शक्ति प्राप्त गर्नु, उपवास गर्ने इच्छाशक्ति विकास हुनु र उपवासको कठिनाइ कम हुनु।فوائد الحديث
शरियाको निर्देशन पालन गर्दै सेहरी खानु मुस्तहब हो।
इब्न-ए-हजरले फतह अल-बारी मा लेख्छन्: सेहरीको आशिर्वाद विभिन्न दिशाबाट आउँछ। सेहरी गर्नु सुन्नत हो र साथै अहले-किताबसँग भिन्नता हो। यसले तपाईंलाई प्रार्थना गर्ने शक्ति दिन्छ, शरीरमा फुर्ति ल्याउँछ, भोकका कारण हुने दुष्कर्महरू हटाउँछ र सेहरीको समयमा भिक्षा माग्ने वा तपाईंसँग खाना खान आउनेहरूलाई दान दिन प्रेरित गर्छ। जिक्र र दुआको स्वीकृत हुने समय हो र सुत्नु अघि उपवास बस्ने नियत नगरेको व्यक्तिलाई नियत गर्ने अवसर प्रदान गर्दछ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) सुन्दर ढंगले सिकाउनुहुन्थ्यो, उहाँ आदेशहरूसँगै तिनीहरूको बुद्धिमत्ता पनि व्याख्या गर्नुहुन्थ्यो, ताकि हृदय सन्तुष्ट होस् र शरीयतको महानता बुझ्न सकियोस्।
इब्न-ए-हजर भन्छन्: कुनै पनि खाद्य पदार्थ थोरै मात्रा खानु वा पिउनु सेहरी हो।
التصنيفات
व्रतका सुन्नतहरू