إعدادات العرض
“तिमीहरूले सेहरी खाने गर, किनभने सेहरीमा बर्कत (आशिष एवं कल्याण) हुन्छ।”
“तिमीहरूले सेहरी खाने गर, किनभने सेहरीमा बर्कत (आशिष एवं कल्याण) हुन्छ।”
अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको : “तिमीहरूले सेहरी खाने गर, किनभने सेहरीमा बर्कत (आशिष एवं कल्याण) हुन्छ।”
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Indonesia Tagalog Türkçe اردو 中文 हिन्दी සිංහල ئۇيغۇرچە Hausa Português Kurdî Русский Tiếng Việt Kiswahili অসমীয়া ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული Moore ಕನ್ನಡ Svenska Oromoo Македонски ไทย Українська తెలుగు پښتو मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy ភាសាខ្មែរ Wolof Shqip Српски မြန်မာ தமிழ்الشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले 'सेहरी' प्रति विशेष रूपले प्रोत्साहित गर्नुभएको छ। सेहरी भनेको रोजाको पूर्वतयारी स्वरूप रातको अन्तिम प्रहरमा खाइने भोजन हो। यसमा आशिष् र थुप्रै पुण्यहरू हुन्छन् ; जस्तै रातको अन्तिम प्रहरमा उपासनाका लागि ब्युँझनु, दिनभरि रोजा बस्ने शारीरिक सामर्थ्य प्राप्त गर्नु, रोजाप्रतिको आत्मबल दृढ हुनु र उपवासको समयमा हुने कठिनाइलाई न्यूनीकरण गर्नु।فوائد الحديث
शरियाको निर्देशन पालन गर्दै सेहरी खानु मुस्तहब हो।
इब्न हजरले फत्हुल बारीमा भन्नुभएको छ: सेहरीमा आशिष विभिन्न माध्यमहरूबाट प्राप्त हुन्छ; जस्तै कि सुन्नतको पालना गर्नु, अहले-किताब (दिव्य ग्रन्थ प्राप्त समुदाय) को विरोध गर्नु, यसको माध्यमबाट उपासनाका लागि शक्ति प्राप्त गर्नु, स्फूर्तिमा वृद्धि हुनु, भोकका कारण उत्पन्न हुने खराब आचरण (रिस वा झर्को लाग्ने बानी) लाई रोक्नु, सेहरीको समयमा भिक्षा माग्नेहरूलाई सदका (दान) दिने माध्यम बन्नु वा कसैलाई आफूसँगै खानामा सामेल गराउनु, दुआ (प्रार्थना) स्वीकार हुने सुनौलो समयमा अल्लाहको जिक्र र दुआ गर्ने माध्यम बन्नु, र सुत्नुअघि नियत गर्न भुलेका व्यक्तिहरूका लागि रोजाको नियत पूरा गर्ने अवसर प्राप्त हुनु।
यसबाट नबी (सल्लल्लाहु अलैहि वसल्लम) को उत्कृष्ट शिक्षण विधि स्पष्ट हुन्छ। उहाँ कुनै आदेश दिनुहुँदा त्यससँग सम्बन्धित हिक्मत (बुद्धिमत्ता) र उद्देश्यलाई पनि व्याख्या गर्नुहुन्थ्यो, ताकि हृदयले पूर्ण सन्तुष्टि प्राप्त गरोस् र इस्लामी शरियतको महानता, पूर्णता तथा उच्चता स्पष्ट रूपमा बुझ्न सकियोस्।
इब्न हजरले भन्नुभएको छ: "मानिसले खाने वा पिउने कुराको थोरै मात्रामा उपभोग गर्दा पनि सेहरी पूरा हुन्छ।"
التصنيفات
व्रतका सुन्नतहरू