إعدادات العرض
रमजानको अन्तिम दश दिनको बिजोर रातहरूमा शब-ए-कद्र खोज।
रमजानको अन्तिम दश दिनको बिजोर रातहरूमा शब-ए-कद्र खोज।
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "रमजानको अन्तिम दश दिनको बिजोर रातहरूमा शब-ए-कद्र खोज।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Português Kurdî සිංහල Kiswahili Tiếng Việt অসমীয়া ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული ಕನ್ನಡ Moore Македонски ไทย Українська తెలుగు मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy ភាសាខ្មែរ پښتو Svenska Wolofالشرح
अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सकेसम्म धेरै असल कामहरू गरेर लैलतुल-कद्र खोज्न प्रयास गर्न प्रेरित गर्नुभयो। हरेक वर्ष लैलतुल-कद्र रमजानको अन्तिम दश दिनको बिजोर रातहरूमध्ये एकमा पर्छ, यी हुन्: एक्काइसौं, तेइसौं, पच्चीसौं, सत्ताइसौं र उनन्तीसौं रातहरू।فوائد الحديث
शब-ए-कद्रको पुण्य र यसलाई खोज्ने प्रेरणा।
अल्लाहको बुद्धिमत्ता र दया कि यो रातलाई लुकाउनुभयो, ताकि मानिसहरूले यसको खोजीमा लगनशीलतापूर्वक उहाँको उपासना गर्न सकून् र बढी पुण्य प्राप्त गर्न सकून्।
शब-ए-कद्र रमजानको अन्तिम दश रातहरू मध्ये एकमा पर्छ। अन्तिम दश रातहरू मध्ये एक बिजोर रात हुने सम्भावना बढी हुन्छ।
रमजानको अन्तिम दश रातहरू मध्ये एक कदरको रात हो। यो त्यो रात हो जुन दिन अल्लाहले आफ्ना नबी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि कुरान अवतरित गर्नुभयो र यसलाई बरकत (आशीर्वाद), यसको महान मूल्य र त्यसमा गरिएका सत्कर्महरूको प्रभावको हिसाबले हजार रातहरू भन्दा उत्तम घोषित गर्नुभएको छ।
यस रातलाई लैलतुल-कद्र भनिन्छ या त यसको सद्गुण र सम्मानको कारणले। अरबीमा भनिएको छ: फलानु अज़ीमुल्-कद्र अर्थातः"फलाना ठूलो सम्मान र हैसियत भएको व्यक्ति हो।" त्यसैले यो रातलाई यसको विशेषता अनुसार नाम दिइएको हो। अर्थात् ‘श्रेष्ठ रात’। यसको अर्थ यो रात सम्मान, गरिमा, महानता र उच्च स्थानमा अत्यन्त महान छ।" अल्लाहले भन्नुभएको छ : "वास्तवमा, हामीले यसलाई एक धन्य रातमा अवतरण गर्यौं।" [सूरह अद-दुखान: ३] अर्थात्, हामीले यसलाई एउटा पवित्र रातमा अवतरण गर्यौं। "वा त यसलाई ‘तक़दीर’ (भाग्यको लेखा) को अर्थमा बुझिन्छ। यस अवस्थामा यसको नामकरण ‘लैलतुल्-कद्र’ भन्नुको कारण यो रातमा वर्षभरि हुने घटनाहरूको लेखा र निर्णय गरिन्छ। अल्लाहले भन्नुभएको छ: ‘यस ( रात ) मा प्रत्येक तत्वदर्शितायुक्त मामलाको निर्णय गरिन्छ । (सूरह अद्-दुखान: ४)।"
التصنيفات
रमजानको अन्तिम दश दिन