स्वार्थी त्यो हो जसका सामु मेरो नाम लिइयो र उसले म माथि दरूद पढेन ।

स्वार्थी त्यो हो जसका सामु मेरो नाम लिइयो र उसले म माथि दरूद पढेन ।

हजरत हुसैन बिन अली बिन अबू तालिब (रजियल्लाहु अन्हुमा)को वर्णन छ, उहाँ भन्नु हुन्छ : अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम)ले भन्नु भयो : स्वार्थी त्यो हो जसका सामु मेरो नाम लिइयो र उसले म माथि दरूद पढेन ।

[सही]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो नाम, उपनाम, वा विशेषता सुनेको बेला उनमाथि दुआ नपढ्नुको बारेमा चेतावनी दिनुभयो, र भन्नुभयो: "सबभन्दा कन्जूस व्यक्ति त्यो हो जसको अगाडि मेरो नाम आउँछ र उसले दुआ पढ्दैन।" यसका कैयौँ कारणहरू छन् : पहिलो : उसले यस्तो कुरा खर्च गर्नमा कन्जुस्याइँ देखायो जसमा अलिकति पनि घाटा छैन । यसमा न माल खर्च हुन्छ न मिहिनेत लाग्छ । दोस्रो : उसले आफूलाई अल्लाहका रसूल(सल्लल्लाहु अलैहि व सल्लम)माथि दरूद पढ्ने विशिष्टताबाट वञ्चित राख्यो । उसले उहाँ(सल्लल्लाहु अलैहि व सल्लम)माथि दरूद नपढेर यस्तो हक पुरा गर्नमा कुन्जुस्याइँ देखायो भने यस सन्दर्भमा भनिएको आदेश पुरा गर्न र पुण्य एवं प्रतिफल पाउनका लागि उसले गर्नु पर्ने थियो । तेस्रो : नबी(सल्लल्लाहु अलैहि व सल्लम)माथि दरूद पढ्नु उहाँका हामी माथि भएका हकहरू पुरा गर्ने विभिन्न तरिकाहरू मध्ये एक हो: किन कि उहाँले हामीलाई तालिम दिनु भएको छ, हाम्रो मार्ग दर्शन गर्नु भयो, उहाँले नै हामीलाई अल्लाह तआलातर्फ बोलाउनु भयो, उहाँले नै हामीहरूतर्फ यो वही (प्रकाशना) लिएर आउनु भयो र यो शरीअत ( नीति शास्त्र) पनि । अल्लाह तआला पछि उहाँ नै हामीहरूको मार्ग दर्शनका माध्यम हुनु हुन्छ । तसर्थ उहाँ माथि दरूद न पढ्ने वाला स्वयम् आफ्ना लागि र आफ्नो नबी (सल्लल्लाहु अलैहि व सल्लम)को एउटा सानो हक पुरा गर्नमा पनि कन्जुस्याइँ गर्ने वाला हो ।

فوائد الحديث

अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथि दरूद नपढ्नु कन्जुसीको प्रतीक हो ।

नबी(सल्लल्लाहु अलैहि व सल्लम)माथि दरूद पढ्नु हरेक समयमा उत्तम पुण्यको काम हो । तर उहाँको चर्चा भएको बेलामा यसको ताकिद झन् बढ्न जान्छ ।

इमान नववी (रहिमहुल्लाह) भन्नु हुन्छ : नबी(सल्लल्लाहु अलैहि व सल्लम)माथि दरूद पढ्ने बेलामा दरूद र सलाम एकै साथ पढ्नु पर्छ, कुनै एउटा मात्र पढ्नु हुन्न। जस्तै: केवल "सल्लल्लाहु अलैहि" वा केवल "अलैहिस्सलाम" मात्र भन्नु ।

अबू आलियाले अल्लाह तआलाको कथन {अल्लाह एवं उनका फरिश्ताहरू नबीमाथि ‘दया प्रेषण’ (दरूद पठाउने) गर्छन् ।} को बारेमा भन्नु हुन्छ : "सलात"को शब्द यदि अल्लाहको तर्फबाट नबी(सल्लल्लाहु अलैहि व सल्लम)का हकमा प्रयोग भयो भने यसको अर्थ प्रशंसा गर्नु को हुन्छ । यदि फरिश्ता र मानिसहरूको तर्फबाट प्रयोग भएको छ भने यसको अर्थ "दुआ गर्नु " हुन्छ ।

हलीमी (रहिमहुल्लाह) भन्नु हुन्छ : "अल्लाहुम्म सल्लि अला मुहम्मद" को अर्थ हो: हे अल्लाह ! यो संसारमा उहाँको जिक्र (चर्चा)लाई उच्च पारेर, उहाँको धर्मलाई फैलाएर, उहाँको शरीअतको संरक्षण गरेर उहाँलाई महान् बनाइ दिनु होस्, र परलोकमा, उहाँको सिफारिसलाई उहाँका अनुयायीहरूको हकमा कबूल गरेर , उहाँको प्रतिफल र पुण्यलाई बढाएर र अधिल्ला पछिल्ला सबै मानिस मध्ये मकामे महमूदद्वारा उहाँको विशेषता दर्शाएर र भएका सबै सानिध्य प्राप्त व्यक्तित्वहरूमा उहाँलाई प्राथमिकता दिएर ।(उहाँलाई महान् बनाइ दिनु होस् । )

التصنيفات

दु:ख पर्दा गरिने दुआहरू