दु:ख पर्दा गरिने दुआहरू

दु:ख पर्दा गरिने दुआहरू

7- तिमीहरूले हावालाई गाली नगर। यदि तिमीहरूले हावाको कारणले कुनै कष्ट वा मन नपर्ने कुरा देख्यौ भने यो प्रार्थना गर: हे अल्लाह! हामी तपाईंसँग यो हावाको राम्रो पक्ष, यसमा लुकेको राम्रो कुरा र यसलाई दिइएको आदेशको शुभफल माग्दछौँ। र हामी यो हावाको नराम्रो पक्ष, यसमा भएको नराम्रो तत्व र यसमा भएको दुष्परिणामबाट बच्नका लागि तपाईंको शरण माग्दछौँ।

8- त्यो व्यक्ति अपमानित होस्, जसको सामुन्ने मेरो नाम लिइयो तर उसले ममाथि दरुद (कृपा र शान्तिको प्रार्थना) पठाएन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसको जीवनमा रमजानको महिना प्राप्त भयो तर रमजान सकिनुअघि क्षमा प्राप्त गर्न सकेन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसले आफ्ना आमाबुबालाई बुढ्यौलीको अवस्थामा पायो तर उनीहरूको सेवा गरेर स्वर्गमा प्रवेश गर्न सकेन।