إعدادات العرض
जो कोही कुनै ठाउँमा ओर्लन्छ र यो दुआ पढ्छ: 'अऊजु बिकलिमातिल्लाहि-त्ताम्माति मिन् शर्रि मा ख लक् ।’ (म अल्लाहको…
जो कोही कुनै ठाउँमा ओर्लन्छ र यो दुआ पढ्छ: 'अऊजु बिकलिमातिल्लाहि-त्ताम्माति मिन् शर्रि मा ख लक् ।’ (म अल्लाहको पूर्ण वचनहरूद्वारा सृष्टिको प्रत्येक शर् बाट शरण चाहन्छु ।) त्यो ठाउँमा बसुन्जेल उसलाई कुनै पनि कुराले हानि गर्न सक्दैन ।
खौलह बिन्ते हकीम सुलमिया (रजियल्लाहु अन्हा) ले बयान गरोकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जो कोही कुनै ठाउँमा ओर्लन्छ र यो दुआ पढ्छ: 'अऊजु बिकलिमातिल्लाहि-त्ताम्माति मिन् शर्रि मा ख लक् ।’ (म अल्लाहको पूर्ण वचनहरूद्वारा सृष्टिको प्रत्येक शर् बाट शरण चाहन्छु ।) त्यो ठाउँमा बसुन्जेल उसलाई कुनै पनि कुराले हानि गर्न सक्दैन ।"
الترجمة
العربية Bosanski English Español فارسی Français اردو 中文 हिन्दी Bahasa Indonesia বাংলা Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் සිංහල မြန်မာ Русский ไทย Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands ئۇيغۇرچە Türkçe دری Magyar Italiano ಕನ್ನಡ Кыргызча Lietuvių Malagasy Română Kinyarwanda Српски Wolof Soomaali Moore Українська Български Tagalog Azərbaycan ქართული тоҷикӣ bmالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो उम्मत (अनुयायी) लाई पृथ्वीको कुनै पनि ठाउँमा यात्रा गर्दा, भ्रमण गर्दा वा पिकनिक इत्यादिको लागि जाँदा लाभकारी शरण खोज्नको लागि मार्गदर्शन गर्नुभएको छ, ताकि ऊ दुष्ट प्राणी र डर लाग्ने हरेक खराबीबाट सुरक्षित रहन सकोस् । उहाँले भन्नुभयो, जब कोही कुनै ठाउँमा ओर्लन्छ र हरेक दुष्ट प्राणीहरूको खराबीबाट अल्लाहका वचनहरूद्वारा शरण लिन्छ, जुन पुण्य, आशीर्वाद र लाभको दृष्टिकोणले पूर्ण छन् र सबै दोष र कमिबाट मुक्त छन्, तब ऊ त्यहाँ बसुन्जेल हरेक पीडादायी चीजहरू र दुष्ट प्राणीहरूबाट सुरक्षित रहन्छ ।فوائد الحديث
शरण खोज्नु पनि उपासना हो । तसर्थ, अल्लाह, उहाँको नाम वा उहाँका गुणहरूमा शरण लिनु ।
अल्लाहको वचनमा शरण लिन अनुमति छ । किनभने अल्लाहको वचन उहाँको गुणहरू मध्ये एक हो । जबकि कुनै पनि प्राणीको शरण वा आश्रय लिनु मान्य छैन, किनभने यो शिर्क हो ।
यस दुआ (प्रार्थना) को पुण्य र आशिष् ।
अजकार(प्रार्थना) द्वारा आफ्नो सुरक्षा खोज्छ भने अल्लाहले सेवकलाई हरेक शर (खराबी) बाट जोगाउँछन् ।
अल्लाह बाहेक जिन्न, जादूगर वा ठग आदिको शरण लिनु शिर्क हो ।
सामान्य अवस्थामा वा यात्राको क्रममा कतै अवतरण गर्दा यो दुआ पढ्नु सुन्नत हो ।
التصنيفات
दु:ख पर्दा गरिने दुआहरू