إعدادات العرض
दुर्भाग्यग्रस्त हो त्यो मानिस जसको सामु मेरो नाम उल्लेख भयो तर उसले मलाई दरुद-सलाम पठाएन। …
दुर्भाग्यग्रस्त हो त्यो मानिस जसको सामु मेरो नाम उल्लेख भयो तर उसले मलाई दरुद-सलाम पठाएन। दुर्भाग्यग्रस्त हो त्यो मानिस जसलाई रमजान प्राप्त भयो तर रमजान सकिनु अघि क्षमा प्राप्त गर्न सकेन। दुर्भाग्यग्रस्त हो त्यो मानिस जसले आफ्ना आमाबाबुलाई बुढेसकालमा पाए तर उनीहरूले उसलाई जन्नतमा प्रवेश गराउन सकेनन्।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : दुर्भाग्यग्रस्त हो त्यो मानिस जसको सामु मेरो नाम उल्लेख भयो तर उसले मलाई दरुद-सलाम पठाएन। दुर्भाग्यग्रस्त हो त्यो मानिस जसलाई रमजान प्राप्त भयो तर रमजान सकिनु अघि क्षमा प्राप्त गर्न सकेन। दुर्भाग्यग्रस्त हो त्यो मानिस जसले आफ्ना आमाबाबुलाई बुढेसकालमा पाए तर उनीहरूले उसलाई जन्नतमा प्रवेश गराउन सकेनन्।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Kurdî Português සිංහල Kiswahili অসমীয়া Tiếng Việt ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული Moore ไทย Македонски తెలుగు मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy Українська ភាសាខ្មែរ ಕನ್ನಡ پښتو Svenska Wolof Shqipالشرح
पैगम्बर ﷺ ले तीन प्रकारका मानिसहरूलाई अपमान, हानी र दुर्भाग्यको कारण नाक धुलोमा घिसारियोस् भनेर सराप्नुभएको छ : पहिलो: ती व्यक्तिहरू हुन्, जसको उपस्थितिमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नाम उल्लेख गरिन्छ, तर तिनीहरूले (सल्लल्लाहु अलैहि वसल्लम आदि वाक्य) भनेर उहाँमाथि दरूद पठाउँदैनन्। दोस्रो: जसले रमजानको महिना पाए तर इबादतमा कमी गरेकाले महिना सकिनु अघि क्षमा प्राप्त गर्न सकेन। जसले आफ्ना बाबुआमा वृद्धावस्थामा पाए तर तिनीहरूलाई सम्मान र हक पूरा नगरेका कारण स्वर्गमा प्रवेशको कारण बन्न सकेन।فوائد الحديث
सिन्दीले भने: निष्कर्ष यो हो कि यी प्रत्येक व्यक्तिले त्यस्तो अवसर पाएका थिए, जुन यदि उनीहरूले लापरबाही नगरेका भए तिनीहरूले त्यसबाट प्रशस्त भलो प्राप्त गर्ने थिए। तर जब उनीहरूले लापरबाही गरे र त्यो अवसर गुमाए, तब उनीहरू असफल र घाटामा परे।
"नबी मुहम्मद ﷺ को नाम उच्चारण हुँदा हरेक पटक उहाँमाथि दुरुद पठाउन प्रोत्साहन गरिएको छ।
रमजानको महिनामा उपासनामा लगनशीलता र कडा परिश्रमलाई प्रोत्साहन गरिको छ।
विशेष गरी बुढेसकालमा आमाबाबुलाई सम्मान र आदर गर्नु प्रोत्साहन गरिएको छ।
التصنيفات
दु:ख पर्दा गरिने दुआहरू