إعدادات العرض
यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन…
यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर
उस्मान बिन अबुल आस् (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र भने: हे अल्लाहका रसूल! शैतान मेरो नमाज र मेरो तिलावत (पाठ) को बीचमा आएर मलाई भ्रमित पार्न खोज्छ । यो सुनेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर ।" उनी भन्छन्, जब मैले उस्तै गरें, अल्लाहले मेरो समस्या हटाइदिनु भयो ।
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands اردو Bahasa Indonesia ئۇيغۇرچە বাংলা Türkçe සිංහල हिन्दी Tiếng Việt Hausa Kiswahili ไทย پښتو অসমীয়া دری Кыргызча Lietuvių Kinyarwanda తెలుగు Bosanski ಕನ್ನಡ Kurdî മലയാളം Oromoo Română Italiano Soomaali Shqip Српски Українська Wolof Moore Tagalog Malagasy தமிழ் Azərbaycan فارسی ქართული 中文 Magyarالشرح
उस्मान बिन अबुल आस (रजियल्लाहु अन्हु) रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएर भने, हे अल्लाहका रसूल! शैतान मेरो र मेरो नमाज बीचमा बाधाको रूपमा खडा हुन्छ, मलाई एकाग्रता र नम्रताका साथ नमाज पढ्न दिँदैन र मेरो तिलावत (पठन)मा शंका उत्पन्न गर्दछ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई भन्नुभयो: यो खिन्जब भनिने एक शैतान हो । जब तिमी उसको घुसपैठ महसुस गर्छौ, तब अल्लाहको शरण लेऊ र आफ्नो बायाँतिर तीन पटक थुक । उस्मान भन्छन्, जब मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आदेशको पालना गरें, अल्लाहले मेरो समस्या हटाइदिनु भयो ।فوائد الحديث
नम्रतापूर्वक नमाज पढ्नु र हृदयलाई उपस्थित राख्नुको महत्त्व । शैतानले नमाजमा बाधा पुर्याउने र शंका उत्पन्न गर्ने सक्दो प्रयास गर्छ ।
जब शैतानले नमाजमा हृदयमा खराब विचारहरू उत्पन्न गर्छ, उसबाट अल्लाहको शरण खोज्नु र देब्रेपटि तीन पटक थुक्नु मुस्तहब हो ।
जब जब साहाबहरू कुनै समस्याको सामना गर्थे, तिनीहरू अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ जान्थे र उहाँलाई समाधान गर्न आग्रह गर्थे ।
साहाबाका हृदयहरू जीवित थिए र तिनीहरूको लक्ष्य परलोक थियो ।