सैय्येदुल-इस्तिग्फार

सैय्येदुल-इस्तिग्फार

शद्दाद बिन औस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सैय्येदुल-इस्तिग्फार" यो हो : ‘अल्लाहुम्म अन्त रब्बी, ला इलाह इल्ला अन्त्, खलक्तनी व अना अब्दुक व अना अला अह्दिक व वाअ्दिक मस्त-ताअ्-तु, अऊजुबिक मिन् शर्रि मा सनाअ्-तु, अबूउ लक बिनिअ्मतिक अलय्य व अबूउ बिजम्बी, फग्-फिर्ली फइन्नहु ला यग्फि-रूज्जुनूब इल्ला अन्त् ।’ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले पूर्ण विश्वासका साथ बिहान उक्त दुआ पढ्छ र सोही दिन साँझ हुनु अघि उसको मृत्यु हुन्छ भने ऊ जन्नतमा प्रवेश गर्नेछ । त्यसैगरी जसले पूर्ण विश्वासका साथ राती पढ्छ र बिहान हुनु अघि उसको मृत्यु हुन्छ भने ऊ जन्नतमा जानेछ ।"

[सही] [बुखारीले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई बताउँदै हुनुहुन्छ, क्षमा खोज्ने केही शब्दहरू छन्, जसमध्ये सबैभन्दा उत्कृष्ट र महान शब्दहरू निम्नलिखित छन्: "अल्लाहुम्म अन्त रब्बी, ला इलाह इल्ला अन्त्, खलक्तनी व अना अब्दुक व अना अला अह्दिक व वाअ्दिक मस्त-ताअ्-तु, अऊजुबिक मिन् शर्रि मा सनाअ्-तु, अबूउ लक बिनिअ्मतिक अलय्य व अबूउ बिजम्बी, फग्-फिर्ली फइन्नहु ला यग्फि-रूज्जुनूब इल्ला अन्त् ।" भक्तले पहिले तौहीद (एकेश्वरवाद) लाई स्वीकार गर्दछ । अल्लाह नै उसको सृष्टिकर्ता र पूज्य हुनुहुन्छ, जसको कुनै साझेदार छैन । भक्तले आफ्नो क्षमता अनुसार अल्लाहमा विश्वास र उहाँप्रति आज्ञाकारी हुने वाचालाई पालन गर्दछ; किनकि भक्तले जतिसुकै उपासना गरे पनि उसले नत अल्लाहका सबै आदेशहरू पूरा गर्न सक्छ नत उहाँको आशीर्वादप्रति कृतज्ञ बन्न सक्छ । ऊ अल्लाहमा शरण लिन्छ र अल्लाहको डोरीलाई बलियोसँग समात्छ, किनकि भक्तले गरेको खराब कर्मबाट शरण दिने उहाँ नै हुनुहुन्छ । "ऊ आफूलाई उहाँको कृपाको स्वीकार गर्न र स्वेच्छाले स्वीकृत गर्न तयार हुन्छ, र आफूलाई आफ्नो पाप र अधर्मको स्वीकृति दिन्छ।" त्यसपछि आफ्नो पालनकर्तासँग उसले गरेको पापहरूलाई ढाक्न, क्षमा गर्न र आफ्नो विशेष कृपाले उसको पापको नराम्रो परिणामबाट बचाउनको लागि दुआ गर्दछ । किनकि अल्लाह बाहेक अरू कसैले पापहरू क्षमा गर्न सक्दैन । त्यसपछि उहाँले यो बिहान बेलुका पढिने अज्कारहरूमध्ये एक हो भनेर स्पष्ट पार्नुभयो । जसले दिनको प्रारम्भमा अर्थात् सूर्योदयदेखि जुहरसम्म यसको अर्थ र अभिलाषालाई बुझेर पूर्ण विश्वास र दृढतापूर्वक यसलाई पढ्छ र त्यसपछि उसको मृत्यु हुन्छ भने ऊ स्वर्गमा प्रवेश गर्नेछ । त्यसैगरी, जसले राती अर्थात् सूर्यास्तदेखि फज्रको बीचमा यसलाई पढ्छ र बिहान अघि नै मृत्यु भयो भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।

فوائد الحديث

इस्तिग्फार (क्षमा) का शब्दहरू फरक छन् र केही शब्दहरू अरू भन्दा राम्रा छन् ।

दासले ध्यानका साथ अल्लाहसंग यो बिन्ती गर्नुपर्छ, किनकि यो सैयेदुल-इस्तिगफार हो ।

التصنيفات

बिहान र बेलुकाका अज्कारहरू