إعدادات العرض
कुनै पनि महिलाले आफ्ना वली (अभिभावकहरू)को अनुमति बिना विवाह गरेमा, उनको विवाह अवैध हुन्छ" (यो कुरा तीन पटक…
कुनै पनि महिलाले आफ्ना वली (अभिभावकहरू)को अनुमति बिना विवाह गरेमा, उनको विवाह अवैध हुन्छ" (यो कुरा तीन पटक भन्नुभयो)। "तर यदि पुरुषले विवाहको नाममा उसलाई स्पर्श गरिसकेको छ भने, उसले महिलालाई महर (श्रीमानले श्रीमतीलाई दिने दाइजो) दिनुपर्छ किनभने उसले उसबाट लाभ उठाएको छ। र यदि विवाद हुन्छ भने, जसको कुनै अभिभावक छैन, त्यसका लागि शासक अभिभावक हुन्छ।
उम्मुल-मुमिनीन (आस्थावानहरूकि आमा) आइशा (रजियल्लाहु अन्हा)ले बयान गरेकि छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "कुनै पनि महिलाले आफ्ना वली (अभिभावकहरू)को अनुमति बिना विवाह गरेमा, उनको विवाह अवैध हुन्छ" (यो कुरा तीन पटक भन्नुभयो)। "तर यदि पुरुषले विवाहको नाममा उसलाई स्पर्श गरिसकेको छ भने, उसले महिलालाई महर (श्रीमानले श्रीमतीलाई दिने दाइजो) दिनुपर्छ किनभने उसले उसबाट लाभ उठाएको छ। र यदि विवाद हुन्छ भने, जसको कुनै अभिभावक छैन, त्यसका लागि शासक अभिभावक हुन्छ।"
الترجمة
العربية Bosanski English فارسی Français Bahasa Indonesia Русский Türkçe اردو हिन्दी 中文 ئۇيغۇرچە Kurdî Português Nederlands অসমীয়া Tiếng Việt ગુજરાતી Kiswahili አማርኛ پښتو සිංහල Hausa ไทย Tagalog മലയാളംالشرح
नबी (सलल्लाहु अलैहि वसल्लम)ले महिलालाई आफ्नो अभिभावकको अनुमति बिना आफ्नो विवाह आफैं गर्नबाट चेतावनी दिनुभएको छ। यस्तो विवाहलाई अमान्य (बातिल) मानिन्छ। नबीले यसलाई तीन पटक दोहोर्याउनुभएको छ, मानौं यस्तो विवाह कहिल्यै भएको नै थिएन। यदि त्यो पुरुषले, जसले महिलासँग बिना अभिभावकको अनुमति विवाह गर्यो, त्यस महिलासँग शारीरिक सम्बन्ध बनायो भने, उसले सम्पूर्ण महर दिनुपर्नेछ, जुन उसले सम्बन्धको कारणले पाएको हकको आधारमा हुनेछ। यदि महिलाको अभिभावकहरूले विवाहको जिम्मेवारीमा विवाद गर्छन्, र उनीहरू सबैको अधिकार बराबर छ भने, जसले पहिले विवाहको लागि कदम चाल्छ, (यो महिलाको हितको लागि हो भने) उसलाई यो अधिकार दिइन्छ। तर यदि अभिभावकले विवाह गर्न अस्वीकार गर्छ भने, उसले आफ्नो अधिकार त्याग गरिसकेको छ। यस्तो अवस्थामा, शासक वा उनका प्रतिनिधि, जस्तै न्यायाधीश, महिलाको अभिभावक बन्छन्। यद्यपि, जबसम्म वास्तविक अभिभावक उपलब्ध छन भने शासकलाई यो अधिकार हुँदैन।فوائد الحديث
विवाहको मान्यताका लागि अभिभावकको उपस्थिति अनिवार्य छ, र इब्न अल-मुनजिरले उल्लेख गरेका छन् कि यसमा सहाबाहरू (नबीका सहयात्रीहरू) मध्ये कसैको पनि असहमति ज्ञात छैन।
अवैध विवाहमा, महिलाले आफूसँग यौनसम्पर्क गरेको बदलामा महर (श्रीमानले श्रीमतीलाई दिने दाइजो) प्राप्त गर्न योग्य हुन्छिन्।
महिलाहरूका लागि जो कुनै अभिभावक छैन, चाहे त्यो अभिभावकको अस्तित्व नै नहोस् या उसले विवाह गराउन अस्वीकार गरेको कारणले, उनीहरूको अभिभावक सुल्तान (शासक) हुन्छ।
सुल्तानलाई त्यो महिलाको अभिभावक मानिन्छ जसको कुनै अभिभावक छैन, चाहे अभिभावकको अभाव होस् या अभिभावक उपलब्ध हुन नसकेको अवस्था होस्। यस्तो अवस्थामा, सुल्तानको स्थानमा न्यायाधीशले अभिभावकको भूमिका निर्वाह गर्छ, किनभने उनी यस्ता मामिलामा सुल्तानका प्रतिनिधि हुन्।
महिलालाई विवाहमा अभिभावकको आवश्यकता हुनुको अर्थ यो होइन कि उनीसँग अधिकार छैन। बरु, उनीसँग अधिकार छ, र उनका अभिभावकले उनको अनुमतिबिना उनलाई विवाह गराउन सक्दैनन्।
वैध विवाहका लागि शर्तहरू:
पहिलो: प्रत्येक पतिपत्नी दुवैलाई संकेत, नाम, विवरण, वा यस्तै कुनै तरिकाबाट नियुक्त गर्नु ।
दोस्रो: पतिपत्नी दुवैको एकअर्कामा सहमति हुनु।
तेस्रो: महिलाको विवाहको सम्झौता उनका अभिभावकद्वारा गरिनु।
चौथो: विवाहको सम्झौतामा साक्षीहरूको उपस्थिती हुनु।
विवाहको सम्बन्धमा वली (अभिभावक) को शर्तहरू निम्न प्रकारका छन्:
1. बुद्धिमत्ता (العقل): वलीले विवेकशील र बुद्धिमान हुनु आवश्यक छ।
2. पुरुष हुनु (أن يكون ذكرًا): वली पुरुष मात्र हुनुपर्छ।
3. व्यस्क हुनु (البلوغ): वलीले कम्तीमा १५ वर्ष पूरा गरेको वा यौन परिपक्वता हासिल गरेको हुनुपर्छ।
4. धर्मको समानता (اتحاد الدّين): काफिरको कुनै मुसलमान वा मुस्लिमाको वली बन्ने अधिकार छैन, र मुसलमानको कुनै काफिर वा काफिराको वली बन्ने अधिकार छैन।
5. धार्मिक निष्ठा (العدالة): वलीले धार्मिक दृष्टिले दोषरहित हुनु आवश्यक छ, र उसले विवाह गराउन जिम्मा पाएको व्यक्तिको हितको ख्याल राख्न सक्ने हुनुपर्छ।
6. समझदारी र परिपक्वता (أن يكون الولي راشدًا غير سفيه): वलीले योग्य व्यक्तिको चयन र विवाहका फाइदाहरूलाई बुझ्ने क्षमता राख्नुपर्छ।
यी शर्तहरूले विवाहलाई इस्लामिक नियमहरूअनुसार वैध र न्यायोचित बनाउँछ।
महिलाको विवाहका लागि अभिभावकहरूको अनुक्रम फक़ीहहरूको दृष्टिकोणबाट व्यवस्थित छ, र नजिकको अभिभावकको अभाव वा योग्यतामा कमी नभएसम्म अर्को अभिभावकतर्फ जानु अवैध छ।
महिलाको अभिभावक अनुक्रम यसप्रकार छ:
१. उनका पिता।
२. उनको लागि तोकिएको वसीयतकर्ता।
३. उनका पिताका पिता (हजुरबा), चाहे माथिल्लो स्तरका भए पनि।
४. उनका छोराहरू।
५. उनका छोराका छोराहरू (पुस्तान्त)।
६. उनका दुवै आमा-बाबुका तर्फबाट भाइ।
७. उनका बुवाका तर्फबाट भाइ।
८. तिनका छोराहरू।
९. उनका दुवै आमा-बाबुका तर्फबाट काका।
१०. उनका बुवाका तर्फबाट काका।
११. तिनका छोराहरू।
१२. त्यसपछि, सम्पत्ति उत्तराधिकारको सिद्धान्त अनुसार, नातामा सबैभन्दा नजिकको पुरुष सम्बन्धीको पालो आउँछ।
१३. मुस्लिम सुल्तान वा उसको प्रतिनिधि, जस्तै न्यायाधीश, उनीहरूको अभिभावक हुन्छ, जसको कुनै अभिभावक छैन।
التصنيفات
निकाह (विवाह)