إعدادات العرض
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट बाहिर निस्कनुहुन्थ्यो, तब उहाँ यो दुआ भन्नुहुन्थ्यो: “गुफ्रानक”,…
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट बाहिर निस्कनुहुन्थ्यो, तब उहाँ यो दुआ भन्नुहुन्थ्यो: “गुफ्रानक”, अर्थात् हे अल्लाह! म तपाईसँग माफी चाहन्छु ।
उम्मुल-मुमिनीन(आस्थावानहरूकि आमा) आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट बाहिर निस्कनुहुन्थ्यो, तब उहाँ यो दुआ भन्नुहुन्थ्यो: “गुफ्रानक”, अर्थात् हे अल्लाह! म तपाईसँग माफी चाहन्छु ।
[सही] [अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Kurdî অসমীয়া Kiswahili አማርኛ Tiếng Việt ગુજરાતી Nederlands සිංහල Hausa پښتو ไทย Кыргызча മലയാളം Malagasy Svenska Română తెలుగు ქართულიالشرح
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट दिसापिसाब गरेर बाहिर आउनुहुन्थ्यो, तब उहाँ यो दुआ भन्नुहुन्थ्यो: “गुफ्रानक”, अर्थात् हे अल्लाह! म तपाईसँग माफी चाहन्छु ।فوائد الحديث
शौचालयबाट बाहिर निस्केपछि “गुफ्रानक” भन्नु मुस्तहब हो ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अवस्थामा अल्लाह सगँ माफी माग्नुहुन्थ्यो ।
दिसापछि माफी माग्नुको कारण के हो? यसको जवाफ: अल्लाहले प्रदान गर्नुभएका अनगिन्ती आशीर्वादहरूप्रति कृतज्ञताको कमी, जस्तै उहाँले एक पीडादायी चीजबाट सहजै मुक्ति दिनुभयो । अर्को भनाइ : दिसा गरिरहेको समयमा उहाँको सम्झनाबाट बेवास्ता भएकोले म उहाँसँग माफी माग्दछु ।
التصنيفات
शौचालयका शिष्टाचारहरू