إعدادات العرض
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई सजदाको बीचमा यो दुआ पढ्नु हुन्थ्यो: "अल्ला हुम्मग फिर्ली, वर्हम्नी व आफिनी…
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई सजदाको बीचमा यो दुआ पढ्नु हुन्थ्यो: "अल्ला हुम्मग फिर्ली, वर्हम्नी व आफिनी वह्दिनी वर्जुकनी ।" (हे अल्लाह! मलाई क्षमा गर्नुहोस्, ममाथि दया गर्नुहोस्, मलाई शान्ति दिनुहोस्, मलाई मार्गदर्शन गर्नुहोस् र मलाई जीविका दिनुहोस्) ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्: नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई सजदाको बीचमा यो दुआ पढ्नु हुन्थ्यो: "अल्ला हुम्मग फिर्ली, वर्हम्नी व आफिनी वह्दिनी वर्जुकनी ।" (हे अल्लाह! मलाई क्षमा गर्नुहोस्, ममाथि दया गर्नुहोस्, मलाई शान्ति दिनुहोस्, मलाई मार्गदर्शन गर्नुहोस् र मलाई जीविका दिनुहोस्) ।
[शवाहिद (गवाहहरु) ले गर्दा हसन हो] [अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Tagalog Türkçe اردو 中文 हिन्दी Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் සිංහල မြန်မာ ไทย Русский 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands ئۇيغۇرچە دری Magyar ಕನ್ನಡ Кыргызча Lietuvių Kinyarwanda Română Српски Soomaali Moore Deutsch Українська Български Wolof Azərbaycan ქართული тоҷикӣ bm Македонски አማርኛ Malagasyالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) नमाजमा यी पाँच चीजहरू माग्नुहुन्थ्यो, जुन एक मुस्लिमको लागि अति आवश्यक छ, किनभने यसमा संसार र परलोक दुवैको कल्याण निहित छ । जस्तै अल्लाहसँग आफ्नो पाप र गल्तीहरू ढाक्न, क्षमा गर्न, दयाको वर्षा गर्न, शंका, गलत इच्छा र रोगहरूबाट सुरक्षित राख्न, सत्यको मार्गमा डोऱ्याउन र त्यसमा दृढतापूर्वक अडिग रहन, आस्था, ज्ञान र धार्मिक कार्यहरू र हलाल भोजनको लागि प्रार्थना गर्थे ।فوائد الحديث
दुई सजदाको बीचमा यो दुआ पढ्नुपर्छ ।
यी प्रार्थनाहरूको सद्गुण, किनभने यसमा संसार र परलोकको भलाइ सम्मिलित रहेको छ ।