उभिएर नमाज पढ्नु, नसक्ने भए बसेर नमाज पढ्नु र यो पनि सम्भव भएन भने कोल्टे परेर नमाज पढ्नु ।

उभिएर नमाज पढ्नु, नसक्ने भए बसेर नमाज पढ्नु र यो पनि सम्भव भएन भने कोल्टे परेर नमाज पढ्नु ।

इमरान बिन हुसैन (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, मलाई बवासीर (पाइल्स) को समस्या थियो । त्यसैले मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संग सलाह कसरी पढ्ने बारे सोधें र उहाँले भन्नुभयो: "उभिएर नमाज पढ्नु, नसक्ने भए बसेर नमाज पढ्नु र यो पनि सम्भव भएन भने कोल्टे परेर नमाज पढ्नु ।"

[सही] [बुखारीले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, वास्तविकता के हो भने उभिएर सलाह पढ्नुपर्छ । उभिएर नमाज पढ्न नसकेमा बसेर पढ्नुपर्छ र बसेर नमाज पढ्न नसक्ने भए छेउमा सुतेर पढ्नुपर्छ ।

فوائد الحديث

जबसम्म व्यक्तिमा चेतना रहन्छ, सलाह (नमाज) माफ हुँदैन । हो, क्षमता अनुसार एक अवस्थाबाट अर्को अवस्थामा पढ्नु पर्छ ।

इस्लाम एक सरल र सहज धर्म हो, यसले भक्तलाई आफ्नो क्षमता अनुसार नमाज पढ्न आदेश दिएको छ ।

التصنيفات

माजुर (असक्षमता भएका) हरूको सलाह