إعدادات العرض
मुनाफिक (पाखण्डी)हरूका लागि यी दुई नमाजहरू सबैभन्दा कठिन हुन्छन्। यदि तिमीहरूलाई यी दुई नमाजको सवाब (पुण्य) बारे…
मुनाफिक (पाखण्डी)हरूका लागि यी दुई नमाजहरू सबैभन्दा कठिन हुन्छन्। यदि तिमीहरूलाई यी दुई नमाजको सवाब (पुण्य) बारे थाहा भएको भए तिमीहरूले पक्कै पनि घुँडा घस्रेर भए पनि आउने थियौ
उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई फजरको नमाज पढाउनुभयो र सोध्नुभयो: "के फलानो मान्छे उपस्थित छ?" मानिसहरूले भने: छैन। उहाँले फेरि सोध्नुभयो: "के फलानो मान्छे उपस्थित छ?" मानिसहरूले भने: छैन। उहाँले भन्नुभयो: "मुनाफिक (पाखण्डी)हरूका लागि यी दुई नमाजहरू सबैभन्दा कठिन हुन्छन्। यदि तिमीहरूलाई यी दुई नमाजको सवाब (पुण्य) बारे थाहा भएको भए तिमीहरूले पक्कै पनि घुँडा घस्रेर भए पनि आउने थियौ। नमाजको पहिलो पङ्क्ति स्वर्गदूतहरूको पङ्क्ति जस्तै हुन्छ। यदि तिमीहरूलाई यसको महत्त्व थाहा भएको भए तिमीहरू त्यसको लागि हतार गर्ने थियौ। एकलै नमाज पढ्नुभन्दा दुई जना मिलेर नमाज पढ्नु उत्तम हुन्छ र दुई जनाभन्दा तीन जना मिलेर पढ्नु झन् उत्तम हुन्छ। (नमाजमा) जति धेरै मानिसहरूको उपस्थिति हुन्छ, अल्लाहलाई त्यो त्यति नै बढी प्रिय हुन्छ।"
الترجمة
العربية Bosanski English Español فارسی Français Indonesia Русский Türkçe اردو हिन्दी Tagalog 中文 ئۇيغۇرچە Kurdî Português অসমীয়া Kiswahili ગુજરાતી Tiếng Việt Nederlands සිංහල Hausa پښتو മലയാളം Кыргызча Română Svenska తెలుగు ქართული Moore Српски Magyar Македонски Čeština Lietuvių Українська Azərbaycan Kinyarwanda Malagasy Wolof ไทย मराठी ਪੰਜਾਬੀ دری አማርኛ বাংলা ភាសាខ្មែរ Deutsch ಕನ್ನಡ Oromoo Shqipالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक दिन फज्रको नमाज पढाउनुभयो र त्यसपछि सोध्नुभयो: के हाम्रो यो नमाजमा फलानो मान्छे उपस्थित छ? सहाबाहरूले भने: छैन । त्यसपछि उहाँले अर्को व्यक्तिको बारेमा सोध्नुभयो: "के फलानो उपस्थित छ?" उनीहरूले भने: छैन । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : वास्तवमा, फज्र र इशाको नमाज मुनाफिकहरू (पाखण्डीहरू) का लागि सबैभन्दा कठिन हुन्छ; किनकि यी समयमा आलस्यको प्रभाव बढी हुन्छ र अर्कोतर्फ अँध्यारोका कारण मानिसहरूले नदेख्ने हुँदा यसमा ‘रिया’ (देखावटीपन) को अवसर प्राप्त हुँदैन। र हे मुमिनहरू, यदि तिमीहरूलाई फज्र र इशाको नमाजमा कति ठूलो पुण्य र अतिरिक्त प्रतिफल छ भन्ने कुरा थाहा भएको भए, तिमीहरू हात र घुँडा टेक्दै भए पनि अवश्य उपस्थित हुनेथियौ; किनकि प्रतिफल सधैं कठिनाइको अनुपातमा प्रदान गरिन्छ। पहिलो पंक्तिमा रहनेहरू, जो इमामको नजिक हुन्छन्, तिनीहरूको स्थिति अल्लाहका निकटवर्ती फरिश्ताहरूको पंक्तिसरह हुन्छ। यदि विश्वासीहरूले पहिलो पंक्तिको महत्त्व र उत्कृष्टता थाहा पाएका भए, यसलाई प्राप्त गर्न उनीहरू अवश्य नै एक-अर्कासँग प्रतिस्पर्धा गर्ने थिए। र दुइजना मिलेर नमाज पढ्नु अधिक पुण्यदायी र प्रभावकारी हुन्छ। यसैगरी, दुई जनासँग मिलेर पढिएको नमाज, एक जनासँग पढिएको नमाजभन्दा अझ उत्तम र श्रेष्ठ हुन्छ। जुन नमाजमा उपासकहरूको सङ्ख्या जति धेरैनहुन्छ, त्यो अल्लाहको दृष्टिमा त्यति नै बढी प्रिय र उत्कृष्ट हुन्छ।فوائد الحديث
मस्जिदका इमामले मुक्तदीहरू (इमामको पछाडि नमाज पढ्नेहरू) तथा अनुपस्थित रहनेहरूको बारेमा सोधपुछ गर्न सक्छन्।
नियमित र निरन्तर रूपमा जमाअतसँग नमाज पढ्नु, विशेषगरी इशा र फजरको नमाज, ईमानको पहिचान हो।
इशा र फज्रको नमाजमा अत्यधिक पुण्य छ; किनकि यसमा उपस्थित हुन आफूसँगै संघर्ष गर्नुपर्छ र आज्ञाकारितामा दृढताको आवश्यक हुन्छ, र यही कारणले यसको पुण्य अन्य नमाजहरूभन्दा धेरै छ।
सामूहिक नमाज (जमात) दुई वा सोभन्दा बढी व्यक्तिहरू भएमा स्थापित (कायम) भएको मानिन्छ।
प्रथम पङ्क्ति (सफ) को श्रेष्ठता र त्यसमा स्थान ग्रहण गर्नका लागि प्रोत्साहन दिइएको छ।
यसमा जमात (समूह) को संख्या अधिक हुनुको श्रेष्ठतालाई स्पष्ट पारिएको छ; किनभने नमाजको जमात जति विशाल हुन्छ, त्यसबाट प्राप्त हुने पुण्य पनि उति नै अधिक हुन्छ।
सत्कर्महरूबीच उत्कृष्टताको दृष्टिले भिन्नता हुन्छ, जुन शरीअतले निर्धारण गरेको प्राथमिकता तथा परिस्थितिका आधारमा तय हुन्छ।
التصنيفات
सामूहिक सलाहको सद्गुण र यसका नियमहरू