ठूला पापहरू: शिर्क (अल्लाहको प्रतिद्वन्द्वी ठहर) गर्ने, आमाबाबुको अवज्ञा गर्ने, कसैको हत्या गर्ने र झूटो कसम खाने…

ठूला पापहरू: शिर्क (अल्लाहको प्रतिद्वन्द्वी ठहर) गर्ने, आमाबाबुको अवज्ञा गर्ने, कसैको हत्या गर्ने र झूटो कसम खाने ।

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "ठूला पापहरू: शिर्क (अल्लाहको प्रतिद्वन्द्वी ठहर) गर्ने, आमाबाबुको अवज्ञा गर्ने, कसैको हत्या गर्ने र झूटो कसम खाने ।

[सही] [बुखारीले वर्णन गरेका छन्]

الشرح

यस हदीसमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ठूला पापहरू वर्णन गर्दै हुनुहुन्छ । जुन पापले गर्दा अपराधीलाई यस संसार वा परलोकको कडा चेतावनी दिइएको छ, त्यसलाई ठूला पापहरू भनिन्छ । पहिलो ठूलो पाप : अल्लाहसँग शिर्क गर्नु, अर्थात् अल्लाह बाहेक अरूको उपासना गर्नु । उहाँको उपासना, नाम र गुणहरूमा बराबरी र प्रतिद्वन्द्वी ठहर गर्नु शिर्क हो । दोस्रो ठूलो पाप : आमाबाबुको अवज्ञा गर्नु, बोली वा कर्मद्वारा आमाबाबुलाई कुनै प्रकारको पीडा दिनु वा उनीहरूसँग राम्रो व्यवहार नगर्नु हो । तेस्रो ठूलो पाप : हत्या गर्नु हो, जस्तै कसैलाई अनाहक यातना दिएर मार्नु । चौथो ठूलो पाप : जानीजानी झुटो कसम खाने हो । यसलाई अरबीमा "यामीने गुमूस" भनिन्छ किनभने यसले मान्छेलाई पाप वा नरकमा डुबाउँछ ।

فوائد الحديث

झूटो कसम खानु एकदमै खतरनाक र ठूलो अपराध हो । यसको क्षमाको लागि तौबा (पश्चात्ताप) बिना अरु कुनै प्रायश्चित छैन ।

यस हदीसमा यी चार ठूला पापहरूको गम्भीरतालाई ध्यानमा राखेर उल्लेख गरिएको छ । ठूला पापहरूलाई यी चारमा सीमित गर्नु हुँदैन ।

पाप दुई प्रकारका हुन्छन्; साना र ठूला पापहरू । ठूला पापले प्रत्येक

त्यो पापलाई बुझाउँछ जसको लागि सांसारिक दण्ड निर्धारण गरिएको छ, जस्तै हद (सजाय) कायम गर्नु र श्राप आदि वा जसको लागि नरकमा प्रवेश गर्ने चेतावनी दिइएको छ । ठूला पापहरूका धेरै वर्गहरू छन्, कतिपय ठूला पापहरू अरू भन्दा कडा रूपमा हराम छन् । जबकि साना पापहरूले ठूला पापहरू बाहेक अन्य पापहरूलाई जनाउँछ ।

التصنيفات

पापको निन्दा