إعدادات العرض
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग उपस्थित थिएँ । उहाँ फोहोर फाल्ने ठाउँतिर जानुभयो र उभिएर पिसाब गर्नुभयो
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग उपस्थित थिएँ । उहाँ फोहोर फाल्ने ठाउँतिर जानुभयो र उभिएर पिसाब गर्नुभयो
हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग उपस्थित थिएँ । उहाँ फोहोर फाल्ने ठाउँतिर जानुभयो र उभिएर पिसाब गर्नुभयो, त्यसैले म अलि टाढा गएँ । उहाँले भन्नुभयो: “यता आऊ” म उहाँको नजिक आएँ र उहाँको दुवै कुर्कुच्चोमा उभिएँ । उहाँले वुजू गर्नुभयो र आफ्नो दुवै मोजामाथि मसह गर्नुभयो ।
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी සිංහල ئۇيغۇرچە Hausa Português Kurdî Kiswahili دری অসমীয়া ไทย Tiếng Việt አማርኛ Svenska Yorùbá Кыргызча ગુજરાતી Oromoo Română മലയാളം Nederlands Soomaali پښتو తెలుగు Kinyarwanda ಕನ್ನಡ Malagasy Српски Mooreالشرح
हुजैफा बिन अल-यमान (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिए । यसैबीच उहाँले पिसाब गर्ने निर्णय गर्नुभयो, त्यसैले उहाँ मानिसहरूले घर सफा गरेपछि जम्मा भएको धूलो र फोहोर फाल्ने ठाउँतिर जानुभयो र उभिएर पिसाब गर्नुभयो, यद्यपि यहाँ सामान्य रुपमा बसेर नै पिसाब फेर्नुहुन्थ्यो । यो देखेर हुजैफा (रजियल्लाहु अन्हु) उहाँबाट टाढा जान थाले, त्यसैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई नजिक आउन भन्नुभयो । उनी नजिक आए र उहाँको पछाडि दुवै कुर्कुच्चोको छेउमा उभिए; ताकि यो उहाँको लागि एक पर्दा होस् र अरु मानिसले उहाँलाई यो अवस्थामा देख्न नसकुन् । त्यसपछि उहाँले वुजू गर्नुभयो र जब खुट्टा धुने समय आयो, उहाँले धुनुको सट्टा दुवै मोजाहरूमाथि मसह गर्नुभयो र मोजा फुकाल्नु भएन । दुवै खुट्टा ढाक्ने पातलो छाला आदिबाट बनेको वस्तुलाई खुफ भनिन्छ ।فوائد الحديث
मोजामाथि मसह गर्नु जायज हो ।
आवश्यकता अनुसार उभिएर पिसाब फेर्न अनुमति छ, तर शरीर वा लुगामा पिसाब नलाग्ने शर्तमा ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पिसाब फेर्न फोहोर फाल्ने ठाउँ रोज्नुभयो किनभने त्यो ठाउँ प्राय: नरम हुन्छ र पिसाब गर्ने व्यक्तिमा पिसाब छ्याप्ने डर हुँदैन ।
التصنيفات
मोजा इत्यादिमा मसह गर्ने