إعدادات العرض
ला इलाह इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य पूज्य छैन), अरबको विनाश नजिकिएको छ, आज याजूज र माजूजको पर्खालमा यस्तो…
ला इलाह इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य पूज्य छैन), अरबको विनाश नजिकिएको छ, आज याजूज र माजूजको पर्खालमा यस्तो प्वाल परेको छ ।
जैनब बिन्ते जहश (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) डराएर उनीकहाँ आउनुभयो, यसो भन्दै: "ला इलाह इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य पूज्य छैन), अरबको विनाश नजिकिएको छ, आज याजूज र माजूजको पर्खालमा यस्तो प्वाल परेको छ ।" उहाँले आफ्नो बुढी औंला र चोर औंलाले घेरा बनाएर व्याख्या गर्नुभयो । जैनब बिन्ते जहश (रजियल्लाहु अन्हा) भन्छिन्: मैले भने: हे अल्लाहका रसूल! के हामी माझ असल र धार्मिक मान्छे हुँदाहुँदै हामी नष्ट हुनेछौं? उहाँले भन्नुभयो: "हो, जब पाप र दुष्टता बढ्छ ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Kiswahili Português සිංහල অসমীয়া ગુજરાતી Tiếng Việt Nederlands پښتو Svenska മലയാളം Кыргызча Română తెలుగు ಕನ್ನಡ Српски ქართული Moore Kinyarwanda Magyar Македонски Čeština Українська Oromoo Wolof Lietuvių Azərbaycan Malagasyالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) एकदमै आत्तिएको अवस्थामा जैनब बिन्ते जहश (रजियल्लाहु अन्हा) कहाँ आउनुभयो र उहाँ 'ला इलाह इल्लल्लाह' भनिरहनुभएको थियो । वास्तवमा, यो केही नराम्रो घटना हुने संकेत थियो । जसबाट मुक्ति पाउन अल्लाहतर्फ फर्कन बाहेक अरू कुनै विकल्प छैन, त्यसपछि उहाँले भन्नुभयो: अरबको विनाश नजिकिएको छ । आज याजूज र माजूजको पर्खालमा प्वाल परेको छ । यो त्यही बाँध हो, जसलाई जुल-कर्नैनले बनाएका थिए । उहाँले आफ्नो बुढी औंला र चोर औंलाले घेरा बनाएर प्वालको आकारको व्याख्या गर्नुभयो । जैनब (रजियल्लाहु अन्हा) ले सोधिन्: के हामी माझ असल र धर्मी विश्वासीहरू हुँदाहुँदै पनि अल्लाहले हामीलाई नष्ट गर्नुहुनेछ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनलाई भन्नुभयो: हो, जब अनैतिकता, पाप, व्यभिचार र रक्सी जस्ता दुष्टत कर्महरू बढ्छ, तब सबैलाई नष्ट गरिनेछन् ।فوائد الحديث
डर वा चिन्ताले आस्थावानको हृदयलाई अल्लाहको सम्झनाबाट विचलित गर्दैन; किनकि अल्लाहको यादमा मनले शान्ति पाउँछ ।
पापहरूको विरोध गर्न र तिनको रोकथाम गर्न प्रोत्साहन।
जताततै पापको प्रचुरता, फैलावट र यसलाई इन्कार गर्ने व्यक्ति नभएको कारणले सामान्य विनाश हुनेछ, यद्यपि त्यहाँ धेरै धर्मी मानिसहरू किन नहोउन् ।
राम्रा र खराब सबै मानिसहरू विनाशको शिकार हुनेछन्, तर तिनीहरू आफ्नो नियत अनुसार उठाइने छन् ।
उहाँको भनाई : "अरबको विनाश नजिकिएको छ ।" यसमा अरबलाई खास गरिएको छ; किनभने त्यतिबेला प्रायःजसो इस्लाम धर्म आत्मसात गर्नेहरू उनीहरू नै थिए ।