जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयमा प्रवेश गर्नुहुन्थ्यो तब यो दुआ भन्नुहुन्थ्यो: "अल्लाहुम्म इन्नी अऊजु…

जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयमा प्रवेश गर्नुहुन्थ्यो तब यो दुआ भन्नुहुन्थ्यो: "अल्लाहुम्म इन्नी अऊजु बिक मिनल्-खुबुसि वल्-खबाइस् ।

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयमा प्रवेश गर्नुहुन्थ्यो तब यो दुआ भन्नुहुन्थ्यो: "अल्लाहुम्म इन्नी अऊजु बिक मिनल्-खुबुसि वल्-खबाइस् ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब शौच गर्न (पिसाब वा दिसाका लागि) कुनै ठाउँमा प्रवेश गर्न चाहनुहुन्थ्यो, उहाँले अल्लाहसँग पुरुष र महिला शैतानहरूको हानिबाट सुरक्षाको लागि शरण माग्नुहुन्थ्यो। यस दुआमा 'खुबुसि वल्-खबाइस्' शब्दलाई दुष्टता र अपवित्रताको रूपमा पनि व्याख्या गरिएको छ।

فوائد الحديث

शौचालयमा प्रवेश गर्दा माथि उल्लेखित दुआ पढ्नु मुस्तहब (पुण्यदायी) हो।

सम्पूर्ण सृष्टिहरू सबै परिस्थितिहरूमा पीडादायी वा हानिकारक चीजहरूबाट जोगिन अल्लाहमा निर्भर छन् ।

التصنيفات

शौचालयका शिष्टाचारहरू