मुमिन (आस्थावान) पुरुष र मुमिन महिलालाई आफ्नो जीउधन र सन्तानमा सधैं परीक्षाहरू जारी रहन्छ । यहाँसम्म उनीहरू कुनै…

मुमिन (आस्थावान) पुरुष र मुमिन महिलालाई आफ्नो जीउधन र सन्तानमा सधैं परीक्षाहरू जारी रहन्छ । यहाँसम्म उनीहरू कुनै पाप नरहेको अवस्थामा अल्लाहलाई भेट्ने छन् ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुमिन (आस्थावान) पुरुष र मुमिन महिलालाई आफ्नो जीउधन र सन्तानमा सधैं परीक्षाहरू जारी रहन्छ । यहाँसम्म उनीहरू कुनै पाप नरहेको अवस्थामा अल्लाहलाई भेट्ने छन् ।"

[हसन सही] [तिर्मीजीले वर्णन गरेका छन् - अहमदले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, दु:ख, पीडा र परीक्षाहरूले मुमिन पुरुष र मुमिन महिलालाई कहिल्यै छोड्दैन । त्यो कहिले जीवनमा हुन्छ, जस्तै स्वास्थ्य बिग्रियो वा सन्चो छैन । कहिले सन्तानमा हुन्छ, जस्तै कोही बिरामी भयो, कोही मरे, कोही आमाबुवाको अनाज्ञाकारी र बदमास भयो । कहिले सम्पत्तिमा हुन्छ, जस्तै गरिबी, व्यापार पतन, घाटा वा चोरी हुन्छ र जीविकोपार्जन गाह्रो हुन्छ । त्यसपछि यी परीक्षाहरूको परिणाम स्वरूप अल्लाहले उसका सबै पापहरू मेटाइ दिनुहुन्छ र अन्तमा जब ऊ अल्लाहलाई भेट्छ, तब उसले गरेका सबै पापहरूबाट शुद्ध हुन्छ ।

فوائد الحديث

आस्थावान भक्तहरूमाथि अल्लाहको कृपाको एउटा उदाहरण के छ भने उहाँले तिनीहरूबाट भएका पापहरूलाई सांसारिक समस्याहरू र विपत्तिहरू दिएर पखाल्नु हुन्छ ।

आस्थावानलाई कुनै विपत्ति आउँछ भने यसले पापहरू क्षमा गर्छ र जब सेवक धैर्यवान छ र क्रोधित हुँदैन भने उसले पुण्य पाउनेछ ।

मनपर्ने र नपर्ने सबै कुराहरूमा धैर्य गर्ने प्रेरित । अल्लाहको पुण्यको आशा गर्दै र उहाँको दण्डबाट भयभित हुँदै धैर्यताका साथ अल्लाहको आज्ञा पालन गर्नुपर्छ र उहाँले निषेधित गर्नुभएको कुराबाट टाढा बस्नु पर्छ ।

उहाँको भनाइ: "मुमिन पुरुष र मुमिन महिला" यसमा "मुमिनह" शब्द थपेर नारीको महत्वलाई दर्शाइएको प्रमाण हो । किनभने "मुमिन" शब्द पुरुषहरूका लागि विशेष होइनन्; यसमा महिला पनि समावेश छन् । त्यसैले जसरी महिलालाई विपत्तिमा समावेश गरिएको छ त्यसरी तिनलाई पाप र कुकर्महरूबाट प्रायश्चित गर्दा समान इनामको प्रतिज्ञा गरिएको छ ।

विपत्तिबाट प्राप्त हुने पुण्यले भक्तको पीडालाई विस्तारै सहज बनाउछ ।

التصنيفات

भाग्यमाथि ईमान, आत्म-शुद्धि