मलाई अत्यधिक मजी (पिसाबको नलीबाट आउने तरल पदार्थ) निस्किन्थ्यो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को ज्वाइँ भएको…

मलाई अत्यधिक मजी (पिसाबको नलीबाट आउने तरल पदार्थ) निस्किन्थ्यो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को ज्वाइँ भएको कारणले उहाँसंग यस बारेमा सोध्न मलाई लाज लाग्यो । त्यसैले मैले मिक्दाद बिन अस्वदलाई सोध्न लगाए र उनले सोधेपछि भन्नुभयो: "यस्तो व्यक्तिले आफ्नो गुप्तांग धोएर वुजू गरे हुन्छ

अली (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मलाई अत्यधिक मजी (पिसाबको नलीबाट आउने तरल पदार्थ) निस्किन्थ्यो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को ज्वाइँ भएको कारणले उहाँसंग यस बारेमा सोध्न मलाई लाज लाग्यो । त्यसैले मैले मिक्दाद बिन अस्वदलाई सोध्न लगाए र उनले सोधेपछि भन्नुभयो: "यस्तो व्यक्तिले आफ्नो गुप्तांग धोएर वुजू गरे हुन्छ ।" बुखारीमा छ: "वुजू गर र आफ्नो गुप्तांगलाई सफा गर ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

अली बिन अबू तालिब (रजियल्लाहु अन्हु) भन्छन्, मलाई प्रायः मजी निस्किन्थ्यो । मजी भनेको यो एक प्रकारको पातलो, चिपचिपा, सेतो पानी हो, जुन कामवासनाको समयमा वा यौनसम्पर्क गर्नुअघि गुप्तांगबाट निस्कन्छ । मजी निस्केपछि के गर्ने भन्ने थाहा थिएन । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) की छोरी फातिमा (रजियल्लाहु अन्हा) उनको निकाहमा भएकोले यसको बारेमा उहाँलाई सोध्न लाज लागिरहेको थियो । त्यसैले उनले मिकदाद (रजियल्लाहु अन्हु) लाई यसबारे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोध्न आग्रह गरे । त्यसैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पहिले आफ्नो गुप्तांगहरू धुनुपर्छ र त्यसपछि वुजू गर्नुपर्छ भनेर जवाफ दिनुभयो ।

فوائد الحديث

अली बिन अबू तालिब (रजियल्लाहु अन्हु) को सद्गुण, हया (लज्जा) का बावजुद उलने अरुको माध्यमबाट भए पनि प्रश्न सोधे ।

फतवा (प्रश्न) सोध्न प्रतिनिधि नियुक्त गर्न अनुमति छ ।

आवश्यकता अनुसार आफ्नो बारेमा लाज लाग्ने कुरा अरुलाई बताउन जायज हो ।

मजी अपवित्र हो, शरीर र कपडा दुवैबाट यसलाई धुनु वाजिब हो ।

मजी निस्कियो भने वुजू भङ्ग हुन्छ ।

अर्को हदीसमा उल्लेख भएकोले अण्डकोष र गुप्तांग दुवै धुनु वाजिब हो ।

التصنيفات

अपवित्रता हटाउने