! म तिमीलाई हरेक नमाजपछि यो दुआ पढ्न नछोड्न सल्लाह दिन्छु: "अल्लाहुम्म अइन्नी अला जिक्रिक व शुक्रिक व हुस्नि…

! म तिमीलाई हरेक नमाजपछि यो दुआ पढ्न नछोड्न सल्लाह दिन्छु: "अल्लाहुम्म अइन्नी अला जिक्रिक व शुक्रिक व हुस्नि इबादतिक।" हे अल्लाह, मलाई तपाईंको जिक्र (स्तुति) गर्न, तपाईंको कृतज्ञता व्यक्त गर्न र उत्तम तरिकाले तपाईंको उपासना गर्न मद्दत गर्नुहोस्।

मुआज बिन जबल (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको हात समातेर भन्नुभयो: "हे मुआद! अल्लाहको कसम, म तिमीलाई माया गर्छु।" उहाँले अगाडि भन्नुभयो: "हे मुआद! म तिमीलाई हरेक नमाजपछि यो दुआ पढ्न नछोड्न सल्लाह दिन्छु: "अल्लाहुम्म अइन्नी अला जिक्रिक व शुक्रिक व हुस्नि इबादतिक।" हे अल्लाह, मलाई तपाईंको जिक्र (स्तुति) गर्न, तपाईंको कृतज्ञता व्यक्त गर्न र उत्तम तरिकाले तपाईंको उपासना गर्न मद्दत गर्नुहोस्।

[सही] [رواه أبو داود والنسائي وأحمد]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुआद इब्न जबल (रजियल्लाहु अन्हु) को हात समातेर भन्नुभयो: "हे मुआद! म तिमीलाई माया गर्छु र तिमीलाई सल्लाह दिन्छु, हरेक नमाज पछि यो दुआ पढ्न नछोड: (अल्लाहुम्म अइन्नी अला जिक्रिक... ) को अर्थ : हे अल्लाह! मलाई प्रत्येक वचन र कर्मले तपाईंलाई सम्झन मद्दत गर्नुहोस्। (व शुक्रिक) आशीर्वाद प्राप्ति र विपत्तिहरूबाट बचेकोले तपाईंको कृतज्ञता व्यक्त गर्न मद्दत गर्नुहोस्। (व हुस्नि इबादतिक) इमानदारीपूर्वक र पैगम्बरको अनुसरण गर्दै अल्लाहको उपासना गर्न मद्दत गर्नुहोस् ।

فوائد الحديث

कसैलाई अल्लाहको लागि माया गर्छु भनेर भन्नु जायज छ।

प्रत्येक फर्ज र नफ्ल नमाजहरू पछि यो प्रार्थना पढ्न मुस्तहब हो।

यी सानो दुआले यस संसार र परलोकका सबै आवश्यकताहरूलाई समेटेको छ ।

जब प्रेम अल्लाहको लागि हुन्छ, तब मानिसहरूले सही काम गर्न, भलाइको कामना गर्न र धार्मिक कार्यहरूमा एकअर्कालाई मद्दत गर्न सल्लाह दिन्छन्।

अल-तीबी भन्छन्: अल्लाहको सम्झना (जिक्र) मनको शान्तिको भूमिका हो र उहाँप्रति कृतज्ञता भनेको अझै बढी आशीर्वाद प्राप्त गर्ने कारण हो। राम्रो उपासनाको लागि त्यस्ता सबै चीजहरूबाट टाढा रहनु हो जसले अल्लाहको सम्झनाबाट टाढा गर्छ।

التصنيفات

सलाहमा पढिने दुआहरू