إعدادات العرض
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जकातुल् फित्र प्रत्येक मुस्लिम, दास र स्वतन्त्र, पुरुष र महिला, साना र…
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जकातुल् फित्र प्रत्येक मुस्लिम, दास र स्वतन्त्र, पुरुष र महिला, साना र वृद्धमाथि अनिवार्य गर्नुभएको छ र मानिसहरूलाई नमाजको लागि निस्कनु अघि नै दिन आदेश दिनुभएको छ।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जकातुल् फित्र प्रत्येक मुस्लिम, दास र स्वतन्त्र, पुरुष र महिला, साना र वृद्धमाथि अनिवार्य गर्नुभएको छ र मानिसहरूलाई नमाजको लागि निस्कनु अघि नै दिन आदेश दिनुभएको छ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Português Kurdî සිංහල Kiswahili Tiếng Việt অসমীয়া ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული Moore ಕನ್ನಡ Svenska Македонски ไทย Українська తెలుగు मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy پښتو ភាសាខ្មែរ Wolofالشرح
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले रमजान पछि जकात उल फित्र अनिवार्य गर्नुभयो, जसको मात्रा एक साअ' हो, अर्थात् चार मुद खजूर वा जौ आदि। मुद : वास्तवमा एक औसत व्यक्तिको एक लापा हुन्छ। जकात उल फित्र प्रत्येक मुस्लिममाथि अनिवार्य छ जससँग एक दिन र एक रातको लागि पर्याप्त खाना छ। चाहे त्यो स्वतन्त्र होस् वा दास, पुरुष होस् वा महिला, जवान होस् वा वृद्ध। एक व्यक्तिले आफ्नो र आफ्ना घरपरिवारहरूको तर्फबाट जकात उल फित्र तिर्नेछ। उहाँले ईदको नमाजको लागि बाहिर निस्कनु अघि नै जकात उल फित्र तिर्न आदेश दिनुभयो।فوائد الحديث
जकात उल फित्र प्रत्येक मुस्लिम, युवा र वृद्ध, स्वतन्त्र र दासमाथि अनिवार्य छ। यो दिने काम अभिभावक वा मालिकले गर्नुपर्छ। व्यक्तिले आफ्नो, आफ्ना सन्तान र पालनपोषण अनिवार्य भएका सबैको तर्फबाट जकात उल फित्र तिर्नेछ।
भ्रूणको तर्फबाट जकात अल-फित्र तिर्नु अनिवार्य छैन, तर मुस्तहब हो।
जकात अल-फित्र कुन वस्तुहरूबाट दिइने कुराको जवाफ के छ भने मानिसहरूले उपभोग गर्ने आधारभूत खाद्य पदार्थहरूबाट दिनुपर्छ।
ईदको नमाजभन्दा पहिले जकात उल फित्र तिर्न अनिवार्य छ। ईदको बिहान तिर्न राम्रो हुन्छ। एक वा दुई दिन अगाडि पनि तिर्न सकिन्छ।
التصنيفات
जकातुल-फित्र