जमातका साथ पढिएको नमाज बजार वा घरमा पढिएको नमाज भन्दा बीस दर्जा बढी हुन्छ

जमातका साथ पढिएको नमाज बजार वा घरमा पढिएको नमाज भन्दा बीस दर्जा बढी हुन्छ

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जमातका साथ पढिएको नमाज बजार वा घरमा पढिएको नमाज भन्दा बीस दर्जा बढी हुन्छ । तिमीहरूमध्ये जब कसैले वुजू गर्छ अनि राम्रो तरिकाले वुजू गर्छ अनि नमाज पढ्ने मनसायले मस्जिद जान्छ भने मस्जिद नपुगेसम्म उसले चालेको हरेक कदमको बदलामा एक पुण्य पाउँछ र एउटा पाप क्षमा हुन्छ । मस्जिदमा प्रवेश गरिसकेपछि नमाजको लागि पर्खन्छ र जबसम्म ऊ मस्जिदमा हुन्छ, ऊ उपासनामा रहन्छ । तिमीहरूमध्ये यदि कसैले नमाज पढेर आफ्नो ठाउँमा बसिरहन्छ भने जबसम्म उसले कसैलाई चोट पुर्याउँदैन र उसको वुजु टुटेको छैन भने फरिश्ता (स्वर्गदूत) हरूले उसको लागि प्रार्थना गरिरहन्छन् : हे अल्लाह, ऊ माथि दया गर्नुहोस्, हे अल्लाह, उसलाई माफ गर्नुहोस्, हे अल्लाह, उसको पश्चात्ताप स्वीकार गर्नुहोस् ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई भन्नुभएको छ, यदि एक मुस्लिमले जमातका साथ नमाज पढ्छ भने, त्यो उसको घर वा बजारमा पढिएको नमाज भन्दा बीस गुणा राम्रो हुन्छ । त्यसपछि उहाँले त्यसको कारण बताउनुभयो: यदि कुनै व्यक्तिले वुजू गर्छ र राम्रोसँग वुजू गर्छ अनि नमाज पढ्ने मनसायले मस्जिद जान्छ भने उसले चालेको हरेक कदमप्रति एउटा पुण्य पाउँछ र उसको एउटा पाप मेटाइन्छ । यदि ऊ मस्जिदमा प्रवेश गर्छ र नमाजको लागि जबसम्म पर्खन्छ, उसले नमाजको पुण्य पाउनेछ र नमाज पढेर आफ्नो ठाउँमा जबसम्म बसिरहन्छ, फरिश्ता (स्वर्गदूत) हरूले उसको लागि प्रार्थना गर्छन् : "हे अल्लाह, उसलाई माफ गर्नुहोस्, हे अल्लाह, ऊ माथि कृपा गर्नुहोस्, हे अल्लाह, उसको पश्चात्ताप स्वीकार गर्नुहोस् ।" जबसम्म उसले आफ्नो वुजु तोड्दैन वा मानिसहरू वा स्वर्गदूतहरूलाई हानि पुर्‍याउने कुनै काम गर्दैन ।

فوائد الحديث

आफ्नो घर वा बजारमा एक्लै नमाज पढ्नु जायज हो, तर यदि उसले बिना कुनै जायज बहाना जमात छोड्यो भने ऊ पापको भागिदार बन्छ ।

मस्जिदमा जमातका साथ नमाज पढ्नु एक्लै पढ्नु भन्दा २५ वा २६ वा २७ दर्जा राम्रो हो ।

फरिश्ता (स्वर्गदूत) हरूको एक कार्य भनेको मुमिनहरूको लागि दुआ (प्रार्थना) गर्नु हो ।

वुजू गरेर मस्जिद जाने श्रेष्ठता ।

التصنيفات

सामूहिक सलाहको सद्गुण र यसका नियमहरू