إعدادات العرض
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुःखको समयमा चिच्याउने, कपाल खौरने र लुगा च्यात्ने महिलाहरूको बारेमा आफ्नो…
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुःखको समयमा चिच्याउने, कपाल खौरने र लुगा च्यात्ने महिलाहरूको बारेमा आफ्नो (इस्लामी) सम्बन्ध सम्बन्ध नरहेको घोषणा गर्नुभएको छ।
अबू बुरदा बिन अबू मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, अबू मुसा अल-अशअरी रजियल्लाहु अन्हु) धेरै बिरामी परे। (रोग यति गम्भीर थियो कि) उनी बेहोस भए। उनको टाउको उनको घरकी एक महिलाको काखमा थियो, (जो ठूलो स्वरले रोइरहेकी थिइन्) र उनी (बेहोस भएको कारणले) उनलाई जवाफ दिन सकेनन्। त्यसैले जब उनी होशमा आए, उनले भने: म ती सबै सँग सम्बन्ध नरहेको घोषणा गर्दछु जसलाई नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सम्बन्ध नरहेको घोषणा गर्नुभएको छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुःखको समयमा चिच्याउने, कपाल खौरने र लुगा च्यात्ने महिलाहरूको बारेमा आफ्नो (इस्लामी) सम्बन्ध सम्बन्ध नरहेको घोषणा गर्नुभएको छ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Português Kurdî සිංහල Kiswahili Tiếng Việt অসমীয়া ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული ಕನ್ನಡ Moore Svenska Македонски ไทย తెలుగు Українська मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy ភាសាខ្មែរ پښتو Wolof Shqipالشرح
अबू बुर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, अबू मुसा (रजियल्लाहु अन्हु) एक पटक धेरै बिरामी परे। रोग यति गम्भीर थियो कि उहाँले होस गुमाउनुभयो। त्यस समयमा, उनको टाउको उनको घरको एक महिलाको काखमा थियो, जसले उनको रोग देखेर रुन र विलाप गर्न थालिन्। तर बेहोसीको कारणले गर्दा उनी जवाफ दिन सकेनन् त्यसैले जब उनी होसमा आए, उनले भने: म ती सबैबाट निर्दोष छु जसलाई नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निर्दोष घोषित गर्नुभएको छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निम्न महिलाहरूबाट निर्दोष छु भनेर घोषणा गर्नुभएको छ: सालिका: दुःखको समयमा कराउने महिला। हालिका: समस्याको समयमा आफ्नो कपाल खौरने महिला। शाक्का: दुःखको समयमा आफ्नो लुगा च्यात्ने महिला। किनभने यी अज्ञानताको युगका कुरा हुन्। इस्लामले हामीलाई कठिनाइको समयमा धैर्य गर्न र अल्लाहबाट प्रतिफलको आशा गर्न आदेश दिनु भएको छ।فوائد الحديث
दुःखको समयमा लुगा च्यात्नु, कपाल खौरनु र ठूलो स्वरले रुनु निषेध हो। र यी ठूलो पापहरू मध्ये हुन्।
“शोक गर्नु र आँसु झार्नु—तर कराउनु वा ठूलो आवाजमा विलाप नगर्नु—हराम होइन। यस्तो शोकले अल्लाहको फैसला (क़ज़ा)मा धैर्य देखाउन बाधा पुर्याउँदैन। बरु यो (अल्लाहले मानिसको हृदयमा राखिदिएको) रहमत (दयालुता) हो।”
अल्लाहको पीडादायी निर्णयहरूप्रति असन्तुष्टि व्यक्त गर्न निषेध गरिएको छ, चाहे त्यो शब्द वा कार्यद्वारा होस्।
विपत्ति आउँदा धैर्य गर्नु अनिवार्य छ।
