إعدادات العرض
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुःख पर्दा भन्नुहुन्थ्यो: "ला इलाह इल-लल्लाहुल-अजीमुल हलीम, ला इलाह…
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुःख पर्दा भन्नुहुन्थ्यो: "ला इलाह इल-लल्लाहुल-अजीमुल हलीम, ला इलाह इल-लल्लाहुल-रब्बुल-अर्शिल-अजीम, ला इलाह इल-लल्लाहु रब्बुस्समावाति व रब्बुल-अर्जि व रब्बुल-अर्शिल-करीम।" अर्थ: अल्लाह बाहेक अरु कोही अल्लाह छैन। महान सिंहासनको स्वामी अल्लाह बाहेक अरु कोही अल्लाह छैन। आकाश, पृथ्वी र महान सिंहासनको स्वामी अल्लाह बाहेक अरु कोही अल्लाह छैन।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्ः नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुःख पर्दा भन्नुहुन्थ्यो: "ला इलाह इल-लल्लाहुल-अजीमुल हलीम, ला इलाह इल-लल्लाहुल-रब्बुल-अर्शिल-अजीम, ला इलाह इल-लल्लाहु रब्बुस्समावाति व रब्बुल-अर्जि व रब्बुल-अर्शिल-करीम।" अर्थ: अल्लाह बाहेक अरु कोही अल्लाह छैन। महान सिंहासनको स्वामी अल्लाह बाहेक अरु कोही अल्लाह छैन। आकाश, पृथ्वी र महान सिंहासनको स्वामी अल्लाह बाहेक अरु कोही अल्लाह छैन।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी සිංහල Kurdî Português Kiswahili অসমীয়া Tiếng Việt ગુજરાતી Hausa Nederlands മലയാളം Română Magyar ქართული Moore ಕನ್ನಡ Svenska Македонски ไทย తెలుగు Українська मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy ភាសាខ្មែរ پښتو Wolof Shqipالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ठूलो संकट र कष्टको समयमा यो दुआ पढ्नुहुन्थ्यो: "ला इलाह इल-लल्लाहुल" (अल्लाह बाहेक कुनै पनि सत्य पूज्य छैन।) "अल-अजीम" (आफ्नो अस्तित्व, गुण र कार्यहरूमा उच्च), "अल-हलीम" (जसले अवज्ञाकारी सेवकलाई तुरुन्तै दण्ड दिँदैन, बरु ढिलो गर्नुहुन्छ । कहिलेकाहीं उहाँले क्षमा पनि गर्नुहुन्छ। जबकि उहाँलाई दण्ड दिने पूर्ण शक्ति छ। किनभने ऊसँग सबै कुरा गर्ने शक्ति छ) । “ला इलाह इल-लल्लाहुल-रब्बुल-अर्शल-अजीम" (अल्लाह बाहेक अरू कुनै सत्य पूजनीय छैन, जो भव्य अर्शका मालिक हुन्), "ला इलाह इल-लल्लाहु रब्बुस्समावाति व रब्बुल-अर्जि” (आकाशहरू र पृथ्वीको पालनकर्ता र सृष्टिकर्ता हुन्। तिनीहरूमा भएका सबै कुराको सृष्टिकर्ता, मालिक, सुधारकर्ता र व्यवस्थापन गर्ने हुनुहुन्छ), "रब्बुल-अर्शिल-करीम" (भव्य अर्श(सिंहासन)को निर्माता।فوائد الحديث
विपत्ति र संकट आइपर्दा प्रार्थनाद्वारा अल्लाहतर्फ फर्कनु पर्ने ।
संकट पर्दा यो प्रार्थना गर्न मुस्तहब हो।
परम दयालुको सिंहासन, जसमाथि उहाँ मुस्तवी (विराजमान) हुनुहुन्छ, त्यो सबै सृष्टिहरूमध्ये सर्वोच्च, महान र सबैभन्दा भव्य छ। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यसलाई भव्य र महानको रूपमा वर्णन गर्नुभयो।
आकाश र पृथ्वीलाई विशेष रूपमा उल्लेख गरिएको छ; किनभने यी मानिसहरूले देख्न सक्ने सबैभन्दा महान् सृष्टिहरूमध्ये पर्दछन्।
तीबीले भने: ताकि कठिनाइ हटाउने प्रसङ्गसँग मेल खाओस्, स्तुतिको सुरुवात रब(अल्लाह)को नामले गरिएको छ, किनभने ‘रब्ब’ भन्नाले पालनपोषण र हेरचाहको अर्थ दिन्छ। यसमा ‘ला इलाहा इल्लल्लाह’ (अल्लाह बाहेक कोही पूज्य छैन) भन्ने तौहीद समावेश छ, जुन अल्लाहको महानता र गौरवलाई शुद्ध रूपमा स्वीकार गर्ने आधार हो। महानता’ (अज़ीम) पूर्ण शक्ति र सामर्थ्यलाई जनाउँछ। ‘धैर्य’ (हलीम) भनेको ज्ञानलाई जनाउँछ, किनभने अज्ञान व्यक्तिबाट धैर्य वा उदारता सम्भव हुँदैन। यी दुई—धैर्य र उदारता—अल्लाहका सम्मानजनक गुणहरूको आधार हुन्।
التصنيفات
कठिन परिस्थितिमा गरिने दुआहरू