मैले आफ्नो पछाडि पुरुषहरूका लागि महिलाहरू भन्दा बढी हानिकारक कुनै फितना (प्रलोभन) छोडेको छैन ।

मैले आफ्नो पछाडि पुरुषहरूका लागि महिलाहरू भन्दा बढी हानिकारक कुनै फितना (प्रलोभन) छोडेको छैन ।

उसामा बिन जैद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मैले आफ्नो पछाडि पुरुषहरूका लागि महिलाहरू भन्दा बढी हानिकारक कुनै फितना (प्रलोभन) छोडेको छैन ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, उहाँले आफ्नो पछि पुरुषको लागि महिला भन्दा बढी हानिकारक कुनै पनि परीक्षा र प्रलोभन छोड्नु भएको छैन । यदि महिला आफ्नो परिवारको हो भने, उसले शरियतको अवज्ञा गर्दा पुरुषलाई हानि हुन्छ र यदि उनी पर स्त्री हुन् भने, उनको संगत, एकान्तमा भेट्न र त्यसबाट उत्पन्न हुने दुष्टताको कारणले उसलाई हानि हुन्छ ।

فوائد الحديث

मुस्लिमले महिलाको फितना र प्रलोभनदेखि होसियार हुनुपर्छ र यस प्रलोभनमा लैजाने हरेक बाटो अवरुद्ध गर्नुपर्छ ।

मुमिनले अल्लाहसँग आफ्नो सम्बन्ध बलियो राख्नुपर्छ र प्रलोभनबाट सुरक्षाको लागि उहाँसँग प्रार्थना गर्नु पर्छ ।

التصنيفات

स्वार्थ र अभिलाषाको निन्दा