إعدادات العرض
जसले मुअज्जिन (अजान दिने) लाई सुनेपछि भन्छ, ‘अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, व अश्हदु अन्न…
जसले मुअज्जिन (अजान दिने) लाई सुनेपछि भन्छ, ‘अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु, रजीतु बिल्लाहि रब्बा व बि मुहम्मदिन् रसूला व बिल्-इस्लामि दीना’ उसका पापहरू क्षमा हुनेछन् ।
साअ्द बिन वक्कास (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले मुअज्जिन (अजान दिने) लाई सुनेपछि भन्छ, ‘अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु, रजीतु बिल्लाहि रब्बा व बि मुहम्मदिन् रसूला व बिल्-इस्लामि दीना’ उसका पापहरू क्षमा हुनेछन् ।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية Bosanski English فارسی Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी Español Hausa Kurdî Português සිංහල Svenska ગુજરાતી Yorùbá ئۇيغۇرچە Tiếng Việt Kiswahili پښتو অসমীয়া دری Кыргызча or Čeština Română Nederlands Soomaali తెలుగు മലയാളം Српски Kinyarwanda ಕನ್ನಡ Lietuvių Wolof ქართული Magyar Moore Українська Македонски Azərbaycan Shqip አማርኛ Malagasyالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले मुअज्जिनले अजान दिएको सुनेपछि भन्छ : "अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु” अर्थ: म पुष्टि गर्दछु, स्वीकार गर्दछु र गवाही दिन्छु, अल्लाह बाहेक अरू कोही सत्य पूज्य छैनन् र उहाँ बाहेक अन्य सबै देवताहरू मिथ्या हुन् । "व अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु" अर्थ: मुहम्मद अल्लाहको भक्त हुनुहुन्छ, जसको पूजा गरिदैन र उहाँ अल्लाहको रसूल हुनुहुन्छ, जसलाई झुठो भन्न सकिदैन भनेर स्वीकार गर्दछु । "रजीतु बिल्लाहि रब्बा" अर्थ: म अल्लाहसँग पालनकर्ता, पूज्य र उहाँका नाम र गुणहरूद्वारा उहाँसंग सन्तुष्ट छु । "व बि मुहम्मदिन् रसूला" अर्थ: मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई जुन कुराहरू दिएर पठाइयो र उहाँले हामीलाई जे तबलीग गर्नुभयो ती सबैलाई म स्वीकार गर्दछु । "व बिल्-इस्लामि" अर्थ: आदेश र निषेध सहित इस्लामका सम्प्रापूर्वण धानहरुलाई स्वीकार गर्दछु । "दीनन्" अर्थ: विश्वास र समर्पणका साथ । "उनका पापहरू क्षमा हुनेछन्," अर्थ: साना पापहरू ।فوائد الحديث
अजान सुन्दा यो दुआ पढियो भने उसका पापहरू पखालिने छन् ।