إعدادات العرض
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई दुईवटा कुराहरूमध्ये एक रोज्नु पर्थ्यो, उहाँले सधैं दुई मध्ये सजिलो…
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई दुईवटा कुराहरूमध्ये एक रोज्नु पर्थ्यो, उहाँले सधैं दुई मध्ये सजिलो रोज्नुहुन्थ्यो, जबसम्म त्यो पाप छैन भने। यदि त्यो पाप थियो भने उहाँ त्यसबाट सबैभन्दा टाढा रहनुहुन्थ्यो।
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छन्, जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई दुईवटा कुराहरूमध्ये एक रोज्नु पर्थ्यो, उहाँले सधैं दुई मध्ये सजिलो रोज्नुहुन्थ्यो, जबसम्म त्यो पाप छैन भने। यदि त्यो पाप थियो भने उहाँ त्यसबाट सबैभन्दा टाढा रहनुहुन्थ्यो। त्यस्तै गरी, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कहिल्यै पनि आफ्नो लागि बदला लिनुभएन, उहाँले अल्लाहको सीमा नाघ्दा मात्र बदला लिनुभयो। त्यस अवस्थामा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको खातिर बदला लिनुहुन्थ्यो।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Indonesia Tagalog Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Português සිංහල Русский Kiswahili অসমীয়া Tiếng Việt ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული Moore ไทย Македонски తెలుగు मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy Українська ភាសាខ្មែរ ಕನ್ನಡ Svenska پښتو Wolof Soomaali Shqipالشرح
सम्पूर्ण मुमिनहरूको आमा आइशा (रजियल्लाहु अन्हा) ले हामीलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का केही नैतिकताहरूको बारेमा बताउनुभयो। उनलाई दुईवटा कुराहरूमध्ये एक रोज्नु पर्थ्यो, उहाँले सधैं दुई मध्ये सजिलो रोज्नुहुन्थ्यो, जबसम्म त्यो पाप छैन भने। यदि त्यो पाप थियो भने उहाँ त्यसबाट सबैभन्दा टाढा रहनुहुन्थ्यो। त्यसैगरी उहाँले कहिल्यै पनि आफ्नो लागि बदला लिनुभएन, उहाँले अल्लाहको सीमा नाघ्दा मात्र बदला लिनुभयो। त्यस अवस्थामा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको खातिर बदला लिनुहुन्थ्यो।فوائد الحديث
अनाज्ञाकारिता समावेश नभएसम्म, मामिलामा सजिलो विकल्प लिनु राम्रो हुन्छ।
इस्लामको सहजता।
अल्लाहको खातिर रिस जायज छ।
अल्लाहका सीमाहरू स्थापित गर्नमा पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) मा सहनशीलता, धैर्य र दृढता थियो।
इब्न हजरले भने: गाह्रो कुरा त्याग्नु, सजिलो कुरामा सन्तुष्ट हुनु र बाध्य नभएकोमा जिद्दी त्याग्नु।
सर्वशक्तिमान अल्लाहको अधिकारसँग सम्बन्धित मामिलाहरू बाहेक क्षमा गर्न प्रोत्साहन।
