जब जन्नत वालाहरू जन्नत जानेछन्" ,उहाँ(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भयो कि अल्लाह तआलाले भन्नु हुनेछ:"…

जब जन्नत वालाहरू जन्नत जानेछन्" ,उहाँ(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भयो कि अल्लाह तआलाले भन्नु हुनेछ:" तिमीहरूलाई अझै केहि थप चाहिन्छ कि ?

हजरत सुहैब (रजियल्लाहु अन्हु) द्वारा वर्णन छ नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भयो : "जब जन्नत वालाहरू जन्नत जानेछन्" ,उहाँ(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भयो कि अल्लाह तआलाले भन्नु हुनेछ:" तिमीहरूलाई अझै केहि थप चाहिन्छ कि ? उनीहरूले भन्नेछन्, "के तपाईंले हाम्रो अनुहार उज्यालो बनाउनु भएको होइन ? के तपाईंले हामीलाई स्वर्गमा प्रवेश गराउनु भएको र आगो (नरक)बाट बचाउनु भएको होइन ?" (नबीले) भन्नुभयो: अत: अल्लाह तआलाले (नूरको) परदा हटाइ दिनु हुनेछ । सो उनीहरूले पाएको कुनै पनि कुरा आफ्नो रब (पालनकर्ता) को दर्शन भन्दा प्यारो नहोला। "

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले बताउनु भयो कि जन्नत वालाहरू जन्नत प्रवेश गरे पछि अल्लाह तआलाले उनीहरूलाई भन्नु हुनेछ : के तिमीहरूलाई अझै केही चाहिएको छ त ? (भए) थपि दिन्छु । जन्नत वालाहरू सबै जनाले भन्ने छन् : के तपाईँले हाम्रा अनुहार उज्यालो बनाउनु भएको होइन ? के तपाईँले हामीहरूलाई जन्नतमा प्रवेश गर्नु भएको होइन ? अनि आगो(नरक)बाट बचाउनु भएको होइन ? सो अल्लाह तआलाले (नूरको) पर्दा हटाउनु र त्यसलाई उठाउनु हुनेछ । अनि उहाँको पर्दा भनेको प्रकाश(नूर) हो । अतयव: उनीहरूलाई प्रदान भएका कुराहरूमा उनीहरूका लागि सबै भन्दा प्यारो भनेको आफ्ना रब ( पालनकर्ता)को दर्शन हुनेछ।

فوائد الحديث

जन्नत वालाहरु बाट पर्दा हटाउनु फलस्वरुप उनीहरूले आफ्नो रबलाई देख्न पाउनु हो, र काफिर यसबाट वञ्चित रहने छन्।

जन्नतमा ठुला नेअमत(पुरस्कार)हरू मध्ये आफ्नाे रबलाई देख्न पाउनु हाे ।

सबै जन्नत वालाहरुले उनीहरुकाे दर्जा भिन्ना भिनै भएता पनि आफ्नाे रबलाई देख्न पाउने छन् ।

इमान वालाहरूलाई जन्नत (स्वर्ग)मा प्रवेश गराउनमा अल्लाहको अनुग्रह ।

राम्रा कर्महरू द्वारा जन्नत जानका लागि र अल्लाह र उहाँका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)को आज्ञाकारिताको माध्यमबाट कोसिस गर्ने महत्त्व ।

التصنيفات

स्वर्ग र नर्कको वर्णन