नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक परिस्थितिमा अल्लाहको स्मरण (स्तुति) गर्नुहुन्थ्यो ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक परिस्थितिमा अल्लाहको स्मरण (स्तुति) गर्नुहुन्थ्यो ।

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, उहाँ भन्नु हुन्छः नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक परिस्थितिमा अल्लाहको स्मरण (स्तुति) गर्नुहुन्थ्यो ।

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

आइशा (रजियल्लाहु अन्हा) भन्छिन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको जिक्र गर्न धेरै उत्सुक हुनुहुन्थ्यो । उहाँ जहिले पनि हरेक समय, हरेक ठाउँ र हरेक अवस्थामा अल्लाहलाई याद गर्नुहुन्थ्यो ।

فوائد الحديث

अल्लाहको जिक्र (स्मरण) को लागि सानो र ठूलो अपवित्रताबाट शुद्ध हुनु शर्त होइन ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) निरन्तर अल्लाहको जिक्र (स्मरण) गर्नुहुन्थ्यो ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पाइला पछ्याउँदै हरेक परिस्थितिहरूमा अल्लाहको धेरै जिक्र गर्न प्रेरणा । यद्यपि, ती अवस्थाहरूबाहेक जसमा जिक्र गर्न निषेध गरिएको छ, जस्तै दिसापिसाबको अवस्थामा ।

التصنيفات

कुर्आन र मुसहफहरुका नियमहरू