إعدادات العرض
मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई (महिला माथि) पर्न गएको अचानक नजर को बारेमा सोधें, उहाँले मलाई आफ्नो नजर…
मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई (महिला माथि) पर्न गएको अचानक नजर को बारेमा सोधें, उहाँले मलाई आफ्नो नजर फर्काउन आदेश दिनुभयो ।
जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई (महिला माथि) पर्न गएको अचानक नजर को बारेमा सोधें, उहाँले मलाई आफ्नो नजर फर्काउन आदेश दिनुभयो ।
الترجمة
ar bn bs en es fa fr id ru tl tr ur zh hi ha ku as sw vi gu nl si ps ky ml sv ro te ka mos sr hu pt mk cs uk az am mg rw woالشرح
जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई अनजानमा पर महिलामाथि पर्न गएको अचानक नजरको बारेमा सोधें, उहाँले उनलाई थाहा हुने बित्तिकै आफ्नो अनुहार अर्कोतर्फ फर्काउन आदेश दिनुभयो र यसमा कुनै पाप छैन ।فوائد الحديث
नजर तल राख्न प्रोत्साहन ।
यदि कसैले अचानक र अनजानमा हेर्न निषेध गरिएको चीजलाई हेर्यो भने त्यसलाई ट्वाल्ल परेर हेर्न विरुद्ध चेतावनी ।
महिलाहरूलाई हेर्ने निषेध हो भन्ने कुरा सहाबाहरू बीच स्थापित थियो, त्यसैले जरीरले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे : के अन्जानमा महिलामाथि पर्न गएको अचानक नजर र हेर्ने मनसाय भएको व्यक्ति; दुवैको आदेश समान हो ?
शरियतले आम मानिसहरूको हितलाई मध्यनजर गरेको कुरा छर्लङ्ग हुन्छ, किनकि महिलाहरूलाई हेर्दा संसार र परलोकको खराबीहरूलाई निम्त्याउंछ ।
सहाबाहरूलाई केही समस्या पर्दा नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोध्ने गर्थे त्यसैगरी, आम मानिसहरूले पनि समस्या पर्दा आफ्ना विद्वानहरूकहाँ गएर सोध्नु पर्छ ।
التصنيفات
आत्म-शुद्धि