إعدادات العرض
मलाई सात हड्डी (अंग) हरू : निधार, र उहाँले आफ्नो हातले आफ्नो नाकतिर संकेत गर्नुभयो, दुवै हात, दुबै घुँडा र दुबै…
मलाई सात हड्डी (अंग) हरू : निधार, र उहाँले आफ्नो हातले आफ्नो नाकतिर संकेत गर्नुभयो, दुवै हात, दुबै घुँडा र दुबै खुट्टाको औंलाहरूमा सजदा गर्न आदेश दिइएको छ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मलाई सात हड्डी (अंग) हरू : निधार, र उहाँले आफ्नो हातले आफ्नो नाकतिर संकेत गर्नुभयो, दुवै हात, दुबै घुँडा र दुबै खुट्टाको औंलाहरूमा सजदा गर्न आदेश दिइएको छ। अनि लुगा र कपाल जम्मा नगर्न पनि ।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் မြန်မာ ไทย Русский 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá සිංහල دری Кыргызча or Kinyarwanda Malagasy Română Lietuvių Oromoo Nederlands Soomaali Српски Deutsch Українська ಕನ್ನಡ Wolof Moore ქართული Azərbaycan Magyarالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : अल्लाहले उहाँलाई नमाज पढ्दा शरीरको सातवटा अंगहरूमा सजदा गर्न आदेश दिनुभएको छ। यी सात अंगहरू यस प्रकार छन्: १) निधार, नाक र आँखामाथि अनुहारको भाग । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अनुहारको नाम लिने क्रममा हातले नाकतिर इशारा गरेर निधार र नाक एउटै अंग हो र यो सातमध्ये एक हो र सज्दा गर्नेले नाक भुइँमा राख्नुपर्छ भनी बताउनुभयो । २) र ३) दुवै हात । ४) र ५) दुवै घुँडा । ६) र ७) दुवै खुट्टाका औंलाहरू । उहाँले हामीलाई सज्दा गर्दा आफ्नो कपाल र कपडालाई बचाउनको लागि बाँध्न वा जम्मा नगर्न पनि आदेश दिनुभयो । ताकि तिनीहरू शरीरका अंगहरूसँगै सज्दा गरुन् ।فوائد الحديث
नमाजमा सात अंगहरूमा सजदा गर्नु अनिवार्य छ ।
नमाजमा कपडा र कपाल बाँध्न निषेध गरिएको छ ।
शान्तपूर्वक नमाज पढ्नु वजिब हो । अर्थात सज्दाका सातै अंगहरू भुइँमा राखेर त्यसमा पढ्नु पर्ने प्रमाणित जिक्र र दुआलाई सन्तुष्टिपूर्वक पढ्नुपर्छ ।
कपाल नबाँध्न प्रतिबन्ध पुरुषहरूको लागि हो । यसमा महिलाहरु आउँदैनन् । किनकि नमाजको समयमा महिलाहरुलाई आफुलाई ढाक्न आदेश दिइएको छ ।
التصنيفات
सलाह पढ्ने विधि