जो व्यक्तिले जुहरको नमाजअघि चार रकआत (सुन्नत) र जुहरपछि चार रकआत (सुन्नत) नियमित रूपमा अदा गर्छ, अल्लाहले उसलाई…

जो व्यक्तिले जुहरको नमाजअघि चार रकआत (सुन्नत) र जुहरपछि चार रकआत (सुन्नत) नियमित रूपमा अदा गर्छ, अल्लाहले उसलाई नर्कबाट जोगाउनु हुनेछ।

उम्मे हबीबा (रजियल्लाहु अन्हा) नबी (सलल्लाहु अलैहि वसल्लम) की श्रीमतीले भन्नुहुन्छ: मैले अल्लाहका रसूल (सलल्लाहु अलैहि वसल्लम)लाई भन्नु भएको सुनेँ: "जो व्यक्तिले जुहरको नमाजअघि चार रकआत (सुन्नत) र जुहरपछि चार रकआत (सुन्नत) नियमित रूपमा अदा गर्छ, अल्लाहले उसलाई नर्कबाट जोगाउनु हुनेछ।"

[सही]

الشرح

नबी (सलल्लाहु अलैहि वसल्लम)ले ती व्यक्तिलाई शुभ समाचार दिनुभयो, जसले जुहरको नमाजअघि चार रकआत सुन्नत र जुहरपछि चार रकआत सुन्नत अदा गर्छन्, र यसलाई निरन्तरता दिन्छन्। यस्तो व्यक्तिलाई अल्लाहले नर्कको आगोबाट सुरक्षित गर्नु हुनेछ।

فوائد الحديث

जुहरको नमाजअघि चार रकआत (सुन्नत) र जुहरपछि चार रकआत (सुन्नत)लाई नियमित रूपमा अदा गर्नु अत्यन्त राम्रो मानिएको छ।

फराइज (अनिवार्य) नमाजको अघि अदा गरिने सुन्नत नमाजहरू का केहि लाभहरू छन्, जसमध्ये मुख्य रूपमा: नमाजीको आत्मा र मनलाई फराइज नमाजका लागि तयार पार्नु, र पछिका (सुन्नत) नमाजहरूको उद्देश्य भनेको फराइज नमाजमा भएको कुनै त्रुटि वा कमीकमजोरीलाई पूरा गर्नु हो।

सुन्नत नमाजहरूको धेरै फाइदाहरु छन्, जसमा समावेश छन्: पुण्यको वृद्धी, पापहरूको माफी, र उच्च स्थान प्राप्ति।

अहले सुन्नतको सिद्धान्त वचनसम्बन्धी हदीसहरूको व्याख्यामा यो हो कि: यो हदीस तौहीदमाथि विश्वास राखेर मर्ने व्यक्तिको बारेमा हो, र यसको अर्थ यो हो कि नरकमा सधैंको लागी रहने छैन, किनकि तौहीदमा विश्वास राख्ने पाप गरेको व्यक्तिले दण्ड भोगनु पर्छ , तर उसलाई नरकमा शाश्वत रूपमा राखिँदैन।

التصنيفات

सुन्नत मुअक्कदह