إعدادات العرض
मैले कहिल्यै पनि पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) लाई पूरै मुटुबाट हाँसेको देखिनँ, यहाँसम्म कि मैले उहाँको…
मैले कहिल्यै पनि पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) लाई पूरै मुटुबाट हाँसेको देखिनँ, यहाँसम्म कि मैले उहाँको घाँटीको पछाडिको भाग (गिलाहरू) देख्न सकूँ। उहाँ प्रायः मुस्कान मात्र गर्नुहुन्थ्यो।
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: मैले कहिल्यै पनि पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) लाई पूरै मुटुबाट हाँसेको देखिनँ, यहाँसम्म कि मैले उहाँको घाँटीको पछाडिको भाग (गिलाहरू) देख्न सकूँ। उहाँ प्रायः मुस्कान मात्र गर्नुहुन्थ्यो।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Kiswahili Português සිංහල Nederlands Tiếng Việt ગુજરાતી অসমীয়া አማርኛ پښتو ไทยالشرح
आइशा (रजियल्लाहु अन्हा) ले भन्नुभयो कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहिल्यै यति धेरै हाँस्नुहुन्नथ्यो कि उहाँको घाँटीको भित्री भाग (लहातु) देखियोस्। लहातु भनेको घाँटीको माथिल्लो भागमा जोडिएको मासुको टुक्रा हो। उहाँ प्रायः हल्का मुस्कान गर्नुभयो।فوائد الحديث
रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) को हाँसो प्रायः हल्का मुस्कानको रूपमा हुन्थ्यो, विशेष गरी जब उहाँ कुनै कुराबाट सन्तुष्ट हुनुहुन्थ्यो वा कुनै कुराले उहाँलाई प्रभावित पार्थ्यो।
इब्न हजरले भने: "मैले उहाँ (नबी सल्लल्लाहु अलैहि वसल्लम) लाई कहिल्यै पूर्ण रूपमा हाँसिरहेको देखिनँ, जसरी कोही सम्पूर्ण ध्यान दिएर र तल्लीन भएर हाँस्छ।"
धेरै हाँस्नु र ठुलो स्वरमा कह्काहा लगाउनु धर्मी मानिसहरुको विशेषता होइन ।
धेरै हाँसोले मानिसको गरिमा र सम्मानलाई उसको साथीसंगीहरूको बीचमा कम गरिदिन्छ।