गुस्ल जनाबतको विधि

गुस्ल जनाबतको विधि

मैमुनह (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को लागि नुहाउने पानी राखें र उहाँलाई कपडाले छोपें । उहाँले आफ्नो हातमा पानी खन्याएर दुवै हात धुनुभयो । त्यसपछि आफ्नो दाहिने हातले आफ्नो देब्रे हातमा पानी खन्याउनुभयो र आफ्नो गुप्तांग धुनुभयो । त्यसपछि आफ्नो हात माटोमा रगडेर राम्रोसँग धुनुभयो । त्यसपछि उहाँले मुख कुल्ला गर्नुभयो र आफ्नो नाकमा पानी हालेर सफा गर्नुभयो । अनि आफ्नो अनुहार र दुवै हात धुनुभयो । त्यसपछि उहाँले आफ्नो टाउकोमा पानी हाल्नुभयो र आफ्नो सम्पूर्ण शरीरमा पानी खन्याउनुभयो । त्यसपछि आफ्नो स्थानबाट अलि पर सरेर आफ्नो दुवै खुट्टा धुनुभयो । मैले उहाँलाई एउटा कपडा ल्याइदिएँ तर उहाँले नलिई हातले पानी पुछ्न थाल्नुभयो ।

[सही] [मुत्तफकुन अलैहि]

الشرح

आस्थावानहरु की आमा मैमुनह (रजियल्लाहु अन्हा) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को गुस्ल जनाबतको विधि वर्णन गरेकि छिन् । उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को लागि नुहाउने पानी राखिन् र उहाँलाई कपडाले छोपिदिईन्, त्यसपछि उहाँले निम्न तरिकाले नुहाउनु भयो : १) उहाँले पानीको भाँडोमा हात हाल्नु अघि आफ्नो दुवै हातमा पानी खन्याएर धुनुभयो । २) उहाँले आफ्नो दाहिने हातले देब्रे हातमा पानी खन्याएर आफ्नो गुप्तांग धुनुभयो; ताकि जनाबत (शारीरिक सम्बन्ध) पछिको फोहोर सफा होस् । ३) उहाँले आफ्नो हात भुइँमा रगडेर राम्रोसँग धुनुभयो, ताकि हातमा लागेको फोहोर सफा होस् । ४) आफ्नो मुख कुल्ला गर्नुभयो; अर्थात मुखमा पानी हालेर, यताउता घुमाएर बाहिर फ्याँकनु भयो । त्यसपछि नाक सफा गर्नुभयो; अर्थात्, साससँगै नाकमा पानी तान्नुभयो र त्यसलाई बाहिर निकाल्नु भयो । ५) आफ्नो अनुहार र दुवै हात (कुहिनो समेत) धुनुभयो । ६) आफ्नो टाउकोमा पानी हाल्नुभयो । ७) शरीरको बाँकी भागमा पानी खन्याउनुभयो । ८) उहाँ नुहाएको ठाउँबाट अर्को ठाउँमा सरेर नधोएको आफ्नो दुवै खुट्टालाई धुनुभयो । त्यसपछि मैमुनाले शरीर सुकाउनको लागि एउटा कपडा ल्याइन्, तर उहाँले लिनुभएन र हातले आफ्नो शरीरको पानी पुछ्न थाल्नुभयो ।

فوائد الحديث

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को जीवनसँग सम्बन्धित सानो विवरण पनि उम्मतलाई सिकाउन उहाँका पवित्र पत्नीहरूको चासो ।

जनाबत (सम्भोग) पछि नुहाउने र शुद्ध हुने नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित यो एक पूर्ण तरिका हो तर यदि कसैले मुख कुल्ला गर्छ, नाक सफा गर्छ र आफ्नो सम्पूर्ण शरीरमा पानी खन्याउछ भने काफी हुन्छ ।

स्नान र वुजू गरेपछि कपडाले शरिर पुछ्नु वा कपडा प्रयोग नगर्नु दुवै जायज हो ।

التصنيفات

स्नान