तिमीहरू पक्कै पनि आफ्नो अगाडिका समुदायहरूलाई पछ्याउनेछौ, बित्ता-बित्ता र हाथ-हाथ पूर्ण अनुसरण गर्नेछौ ।

तिमीहरू पक्कै पनि आफ्नो अगाडिका समुदायहरूलाई पछ्याउनेछौ, बित्ता-बित्ता र हाथ-हाथ पूर्ण अनुसरण गर्नेछौ ।

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "तिमीहरू पक्कै पनि आफ्नो अगाडिका समुदायहरूलाई पछ्याउनेछौ, बित्ता-बित्ता र हाथ-हाथ पूर्ण अनुसरण गर्नेछौ । यदि तिनीहरू छेपारो जस्तै जन्तु (मरुभूमि स्थलिय सरीसृप) को प्वालमा प्रवेश गरेका थिए भने तिमीहरू पनि त्यसमा प्रवेश गर्नेछौ ।” हामीले भन्यौं: “हे अल्लाहका रसूल, के तपाईंको मतलब यहूदी र ईसाईहरू हुन्?” उहाँले भन्नुभयो: “अनि अरू को हुन् त?”

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा आफूपछि उहाँका केही अनुयायीहरूको अवस्था कस्तो हुनेछ भनेर बताउनुभएको छ कि उनीहरूले यहूदी र इसाईहरूको आस्था, कार्य, चलन र परम्पराहरूलाई बित्ता-बित्ता र हात-हात पूर्ण अनुसरण गर्नेछन्। यदि तिनीहरू छेपारो जस्तै जन्तु (मरुभूमि स्थलीय सरीसृप) को प्वालमा पसेका थिए भने, तिनीहरू पनि यहूदी र इसाईहरूको अनुसरणमा त्यसै गरी पस्नेछन्।

فوائد الحديث

यो हदीस उहाँको नबुवत (दुतत्व) को सत्यताको एउटा प्रमाण हो, किनभने उहाँले यो घटना घट्नुभन्दा पहिले नै यसको सूचना दिनुभएको थियो र ठ्याक्कै उहाँले बताउनुभएजस्तै घट्यो।

मुस्लिमहरूको लागि काफिरहरूको आस्था, उपासना, चाडपर्व र तिनीहरूको धार्मिक पोशाक आदिमा नक्कल गर्न निषेध गरिएको छ।

अभौतिक वा मानसिक अवधारणाहरूलाई भौतिक उदाहरण द्वारा स्पष्ट पार्नु इस्लामिक शिक्षणको एक तरिका हो ।

अरबी शब्द 'ज़ब्ब' भनेको एउटा यस्तो जनावर हो, जसको बस्ने प्वाल अत्यन्त अन्धकारमय र दुर्गन्धित हुन्छ। यो घस्रने प्राणीहरू (सरीसृप) को श्रेणीमा पर्छ र मरुभूमिमा प्रशस्त पाइन्छ। 'ज़ब्ब' को प्वाललाई विशेष रूपमा उल्लेख गर्नुको कारण यसको अत्यन्त साँघुरोपन र नराम्रोपन बताउनु हो, त्यसतो हुँदाहुँदै पनि यदि यहूदी र इसाईहरू त्यस जनावरको प्वालमा पसेका थिए भने, मुस्लिम समुदायका केही समुहहरू पनि पक्कै यहूदी र इसाईहरूका पाइलाहरू पछ्याउँदै र तिनका बाटाहरूको अनुसरण गर्दै त्यसै गर्नेछन्!

(अल्लाहसँग नै सहायता मागिन्छ।)

التصنيفات

निषेधित नक्कल