إعدادات العرض
तिम्रो लागि आफ्नो हातले यसरी गर्न पर्याप्त थियो ।" त्यसपछि उहाँले आफ्नो दुवै हात भुइँमा एक पटक हान्नुभयो र आफ्नो…
तिम्रो लागि आफ्नो हातले यसरी गर्न पर्याप्त थियो ।" त्यसपछि उहाँले आफ्नो दुवै हात भुइँमा एक पटक हान्नुभयो र आफ्नो दाहिने हातले देब्रे हात, हत्केलाको पछाडि र अनुहारमा मसह गर्नुभयो अर्थात् पुछ्नुभयो ।
अम्मार बिन यासिर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई एउटा काममा पठाउनुभयो । (यात्राको क्रममा) म जुन्बी (अपवित्र) भएँ र (नुहाउनको लागि) पानी पाइनँ , त्यसैले म माटोमा जनावरले लडीबुडी गरे झैं लोटपोट गरें । त्यसपछि म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित भएँ र उहाँलाई उक्त घटनाबारे भनें अनि उहाँले भन्नुभयो: "तिम्रो लागि आफ्नो हातले यसरी गर्न पर्याप्त थियो ।" त्यसपछि उहाँले आफ्नो दुवै हात भुइँमा एक पटक हान्नुभयो र आफ्नो दाहिने हातले देब्रे हात, हत्केलाको पछाडि र अनुहारमा मसह गर्नुभयो अर्थात् पुछ्नुभयो ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt ئۇيغۇرچە Hausa Português Kurdî Kiswahili සිංහල Svenska ગુજરાતી አማርኛ Yorùbá پښتو অসমীয়া دری Кыргызча or Malagasy Čeština Oromoo Română Nederlands Soomaali తెలుగు മലയാളം Lietuvių Српски ไทย Kinyarwanda Shqip ಕನ್ನಡ Wolof Українська Moore ქართული Magyarالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अम्मार बिन यासिर (रजियल्लाहु अन्हु) लाई कुनै कामको लागि बाहिर पठाउनुभयो । यात्राको क्रममा सम्भोग वा वीर्य स्खलन भएकोले जुन्बी (अपवित्र) हुनु भयो र नुहाउनको लागि पानी पाइएन। त्यतिबेला जनाबत (ठूलो अपवित्रता) पछि तयम्मुम गर्न मिल्छ भन्ने कुरा उनलाई थाहा थिएन । तर हदस अस्गर (सानो अपवित्रता) मा तयम्मुम गर्न अनुमति छ भन्ने कुरा थाहा थियो । त्यसैले उनले इज्तिहाद(गौर) गरे । हदस अस्गर (सानो अपवित्रता) मा जसरी शरीरका केही भागलाई माटोले तयम्मुम गरिन्छ, त्यसैगरी जनाबत (ठूलो अपवित्रता) मा भुइँमा लडीबुडी गरी सम्पूर्ण शरीरमा माटो लगाउनुपर्छ भन्ने धारणा राखे; पानीमाथि क्यास गर्दै भुइँमा लडीबुडी गरे र त्यसपछि नमाज पढे । पछि, जब उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आए तब उहाँलाई उक्त घटनाको बारेमा जानकारी दिए; उनको यो अमल (कार्य) सही हो कि होइन जान्नको लागि ? तसर्थ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हदस अस्गर ( पिसाब जस्तै सानो अपवित्रता) र हदस अकबर ( जनाबत जस्तैठूलो अपवित्रता)बाट पवित्रता प्राप्त गर्ने तरिका बताउनुभयो । तयम्मुम को तरिका : आफ्नो दुवै हातले भुइँमा एकपटक हान्न, र त्यसपछि देब्रेले दाहिने हात, दुवै हत्केलाको बाहिरी भाग र अनुहार मसह गर्नु हो ।فوائد الحديث
तयम्मुम गर्नु अघि पानी खोज्नुपर्ने हुन्छ ।
हदस अकबर (जनाबत जस्तो ठूलो अपवित्रता) भएको र पानी नभेट्ने व्यक्तिको लागि तयम्मुम गर्नु जायज हो ।
हदस अकबर (ठूलो अपवित्रता) र हदस अस्गर (सानो अपवित्रता) दुवैको लागि तयम्मुम गर्ने तरिका एउटै हो ।
التصنيفات
तयम्मुम