إعدادات العرض
''अल्लाहको लागि अत्याधिक सज्दा गर्नु, किनकि तिमीले गरेको हरेक सज्दाले अल्लाह ले तिम्रो एक स्तर बढाउनुहुन्छ र एक…
''अल्लाहको लागि अत्याधिक सज्दा गर्नु, किनकि तिमीले गरेको हरेक सज्दाले अल्लाह ले तिम्रो एक स्तर बढाउनुहुन्छ र एक पाप मेटाउनुहुन्छ ।''
मादान बिन अबू तल्हा यामुरीले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आजाद गरिएको दास सौबानलाई भेटें र भने: मलाई एउटा यस्तो काम बताउनुहोस्, जुन मैले गरे भने अल्लाहले मलाई स्वर्गमा प्रवेश गर्नुहुन्छ । वा मैले भने: अल्लाहको नजरमा सबैभन्दा प्यारो कामबारे मलाई भन्नुहोस् । उनी चुप लागे । मैले फेरि प्रश्न सोध्दा उनी मौन बसे । जब मैले तेस्रो पटक प्रश्न दोहोर्याएँ, उनले भने: मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम)लाई यसबारे सोधेको थिएँ र उहाँले भन्नुभयो: ''अल्लाहको लागि अत्याधिक सज्दा गर्नु, किनकि तिमीले गरेको हरेक सज्दाले अल्लाह ले तिम्रो एक स्तर बढाउनुहुन्छ र एक पाप मेटाउनुहुन्छ ।'' मादानले भने: त्यसपछि मैले अबू-दर्दा (रजियल्लाहु अन्हु) लाई भेटें र त्यही प्रश्न सोध्दा उनले पनि सौबानले भने जस्तै जवाफ दिए ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල Hausa Kurdî Kiswahili Português தமிழ் دری অসমীয়া አማርኛ Svenska ไทย Yorùbá Кыргызча ગુજરાતી Română മലയാളം Nederlands Oromoo తెలుగు پښتو Soomaali Kinyarwanda Malagasy ಕನ್ನಡ Српски Mooreالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो : कुन काम गर्दा स्वर्गमा प्रवेश गर्न सकिन्छ वा अल्लाहलाई सबैभन्दा बढी मनपर्ने कुन काम हो ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रश्नकर्तालाई भन्नुभयो: नमाजमा अत्यधिक सज्दा गर्नु, किनकि अल्लाहले तिम्रो हरेक सज्दा ले एक दर्जा बढाउनुहुन्छ र पाप क्षमा गर्नुहुन्छ ।فوائد الحديث
मुस्लिमलाई फर्ज र नफल (स्वैच्छिक) नमाजमा लगनशील हुन आग्रह, किनकि यसमा सज्दा समावेश छ ।
सहाबाहरूको न्यायशास्त्र र ज्ञान; बिना सत्कर्म (अल्लाहकै कृपा पछि) स्वर्ग प्राप्त हुँदैन ।
नमाजमा दर्जा बढाउन र पापहरू क्षमा गर्न सबैभन्दा ठूलो कारण सज्दा गर्नु हो ।
التصنيفات
सलाहको सद्गुण